अन्तराष्ट्रिय महिला दिवशको अवसरमा अन्तरक्रिया सम्पन्न
इन्सेक रुपन्देही, गैसस महासंघ लगायतका सङ्घ संस्थाहरूको आयोजनामा फागुन २८ गते लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य गोविन्दप्रसाद रेग्मीले प्रविधिमा पहुँच विस्तारसँगै सही प्रयोग गर्न सके दिवशले सार्थकता पाउने भन्दै संविधानले प्रदत्त अधिकार कार्यान्वयन हुन सके लैंगिक बिभेद नहुने बताउनु भयो ।
अधिवक्ता गौमती सुनारले महिलालाई प्रविधिमा पहुँच पुगेको कारण सूचनामा पहुँच बढेको र कतिपय प्रविधिको सही सदुपयोग नभएका कारण पारिवारीक विखण्डन र सम्बन्ध विच्छेदका घटनाहरु बढेको बताउदै प्रविधिलाई सही तरीकाले प्रयोग गर्न सचेतना अभिवृद्धिका लागि राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।
सुनारले प्रविधिको पहुँचको कुरा गर्ने शहरका महिलाको तुलनामा ग्रामिण क्षेत्रका महिलाहरूको पहुँच पुग्न नसकेकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
इन्सेक रुपन्देहीका जिल्ला प्रतिनिधि रीमा बिसीले अन्तराष्ट्रिय श्रमिक महिला दिवशमा महिलाहरुले वर्षभरी गरेका कामको समीक्षा गर्ने उत्सवका रुपमा मनाउदै महिलाहरूले प्राप्त गरेको पदिय दायित्व, काम, कर्तब्य, अधिकारको पालना गरी आफूलाई अद्यावधिक गर्दै विभेदविरूद्ध प्रतिवाद गरि अगाडी बढन सके महिलाहरु अधिकारबाट वञ्चित हुन नपर्ने बताउनु भयो ।
रीमा बिसी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…