अधिकार सुनिश्चित गर्न दत्तचित भइ लागेका छौ : प्रमुख क्षेत्री
पुतली बजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीले सबै नागरिकको अधिकार सुनिश्चित गर्न आफु दत्तचित भइ लागेको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले पुस २२ गते पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारीताबारेमा अनुगमन गर्दा उहाँले सो कुरा बताउनुभएको थियो ।
इन्सेकद्वारा स्याङजाको पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकामा सञ्चालित स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत गरिएको उक्त अनुगमनमा प्रमुख क्षेत्रीले नागरिकको अधिकार सुनिश्चित गर्न पालिका योजनाबद्ध ढङ्गले लागिपरेको जानकारी दिनुभयो ।
नेपालको संविधानले प्रदान गरेको अधिकार बारेमा आफु जानकार रहेको बताउदै उहाँले ती सेवाहरु सबै तहसम्म पुर्याउन लागिपरेको बताउनुभयो ।
उहाँले राज्यले दिएका अधिकारहरु लक्षित वर्गसम्म पुगे नपुगेको, स्थानिय सरकार जवाफदेही बने नबनेको बारेमा इन्सेकले गरेको सचेतनामूलक कार्यक्रमले निकै सघाएको बताउनुभयो ।
नगरपालिका स्वास्थ्य प्रमुख विष्णुप्रसाद काफ्लेले पुन बढदै गएको कोभिड–१९ सङ्क्रमण र सोको रोकथामको लागि नगरपालिका पर्याप्त जनशक्ति सहित तयार रहेको जानकारी दिनुभयो ।
उहाँले सरकारी स्वास्थ्य चौकीहरुले ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा प्रदान गर्नुपर्ने औषधिहरु प्रदान भइरहेको जानकारी दिनुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बरालले नगरपालिका भित्रका विद्यालयबाट बालबालिका बाहिरन नदिन विद्यालयमा जङक फुडलाई निषेध गरेको, दिवा खाजा कार्यक्रमको व्यवस्थापन मिलाएको, सेनेटरी प्याडको उपलव्धता र प्रयोग पछिको व्यवस्थापन, शौचालय निर्माणलगायतका कामहरु भएको बताउनुभयो ।
नगरपालिकाका कृषि शाखाका प्राविधिक कमला जैसीले किसानहरुको लागि बिउबिजन र आलु खेतीमा अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रमा आबद्धहरुको प्रोत्साहनकालागि सुन्तला, किवि र बाख्रा पालनको लागि पाकेट क्षेत्र धोषणा गरी साे सम्बन्धी कार्यक्रमहरु अगाडि बढाइएको बताउनुभयो ।
राष्टिय मानव अधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईले स्थानिय तहले नीति तथा कार्यक्रम बनाउदा मानव अधिकारलाई समावेश गरी बनाउनुपर्ने सुझाव दिनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संविधानले प्रदान गरेको मौलिक हकको प्रत्याभूत नागरिकहरुलाई गराउन स्थानिय सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताले हक पाएकी पाएनन बारे सरकारले अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानिय तथा प्रदेश सरकारले स्थानिय र प्रदेशमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवाहरु, सेवाको प्राप्ति गर्नका लागि जनताको पहुँच कस्तो छ, स्थानिय निर्णायक प्रक्रियामा महिला, बालबालिका, दलित, अन्य जोखिममा परेका अल्पसङ्ख्यक र पछाडि पारिएका समूहको सहभागिता बारे अनुगमन गरिएको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…