अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा हेटौँडामा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ ।
महिला समूह गठन गरी समूहमार्फत महिलाहरूको अधिकार सहित आर्थिक सशक्तीकरणको लागि समाजमा सचेतना बढाउने काम भएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो । उहाँले सङ्घसंस्थाको कामलाई स्थानीय सरकारले अपनत्व लिएको कारण पनि कार्यक्रम सफल भएको बताउनु भयो । महिला सशक्तीकरण र आर्थिक सामाजिक अधिकारको क्षेत्रमा इन्सेकले स्थानीय तहमा काम गर्दै आएको संयोजक भण्डारीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी हेटौँडा उपमहानगरपालिका-१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले अहिलेको स्थानीय तहमा देखिएको महिला सहभागिता इन्सेक लगायतका सङ्घसंस्थाको अभियानको उपलब्धि रहेको बताउनु भयो । तीन वर्षको अभियानमा समूह मोटिभेटर तथा सहजकर्ताहरूले आगामी दिनमा समाजहमा पुगेर अभियानलाई सार्थकता दिलाउन सन् २०२० बाट सञ्चालित परियोजना प्रभावकारी भएको उहाँले बताउनु भयो ।
मनहरी गाउँपालिका-४ का वडाअध्यक्ष प्रकाश थापाले परियोजनाले महिलाहरूमा अधिकारसहितको आर्थिक विकासमा परिवर्तन ल्याएको बताउनु भयो । उहाँले इन्सेक र डब्लुपीडीलाई उक्त कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो ।
मनहरी गाउँपालिका-१ का वडाअध्यक्ष शिवप्रसाद खनालले डब्लुपीडीको आर्थिक सहयोगमा इन्सेकले यो तीन वर्षमा गरेको कार्यक्रमले महिला दिदिबहिनीहरूमा परिवर्तन देखिएको बताउनु भयो । परियोजनाको समयपछि यो अभियानलाई पालिकाले अपनत्व लिएर अघि बढ्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रशासन अधिकृत लोकनाथ घिमिरेले परियोजनापछि सिकेका अधिकार प्राप्तिको प्रक्रिया, ज्ञान र सिपलाई स्थानीय स्रोत साधनलाई प्रयोग गरी जीवन उपयोगी बनाउने कार्यमा प्रयोग गर्न सुझाव दिनुभयो ।
सामाजिक विकास शाखा मनहरीका ज्ञानेन्द्र ढकालले समाजमा भएका समस्यालाई स्थानीय तहसम्म ल्याइपुर्याउन परियोजनाले सहयोग पुगेको बताउनु भयो । यसले गर्दा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरी महिला आर्थिक सशक्तीकरण, आयअर्जन हुने र महिला हिंसा जास्ता समस्याहरू न्यूनीकरण गर्ने बताउनु भयो ।
उहाँले आगामी वर्षमा मनहरीको सबै वडाहरूमा परियोजना लैजान र दुरदराजका महिला बालबालिकाको आवाजलाई समेट्न आग्रह गर्नुभयो ।
मानव अधिकार समूह संयोजक बिमला गोपालीले परियोजनाको तीन वर्षमा मनहरीमा महिलाको क्षेत्रमा परियोजनाले उल्लेख्य योगदान पुर्याएको अनुभुति भएको बताउनु भयो । आगामी दिनमा स्थानीय तहबाट यस्ता परियोजना जस्तै कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो ।
डब्लुपीडी नेपालकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईले मनहरी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा डब्लुपीडीको आर्थिक सहयोगमा इन्सेकले मानव अधिकार र सशक्तिकरणमा कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
सन् २०२० बाट सुरु महिलाहरूको अधिकार सहित आर्थिक सशक्तीकरणको लागि समाजमा सचेतना बढाउने काम भएको इन्सेक कार्यक्रम संयोजक कृष्ण नेपालले बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…