मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यनाकर्षण पत्रमा नेपालको सविधान २०७२ ले मौलिक हकको परिकल्पना गरेको…

०८१ मङ्सिर १८ गते  
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक इन्द्रा बिसीको संयोजकत्वमा बसेको बैठकमा मानव अधिकार शिक्षा सम्बन्धी सञ्चालन भइरहेको कार्यक्रमको असल अभ्यास र समुदायमा कार्यक्रमले पारेको प्रभावको विषयमा…

०८१ मङ्सिर १८ गते  
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर…

०८१ मङ्सिर १८ गते  
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका वडाललाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित महिलालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पारिवारिक आर्थिक अवस्था…

०८१ मङ्सिर १८ गते  
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन

घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक सडक नटक प्रदर्शन गरेका छन् । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ बाल विवाह,…

०८१ मङ्सिर १८ गते  
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । "हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने…

०८१ मङ्सिर १७ गते  
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका बिच पारश सुनारको अध्यक्षमा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । उपाध्यक्षमा आशा न्यौपाने, सह-उपाध्यक्षमा दिनेश…

०८१ मङ्सिर १५ गते  
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले अभिलेखीकरण गरेको १ सय ४५ ओटा मानव अधिकार उल्लङ्घन तथा…

०८१ मङ्सिर १४ गते  
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान

कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले…

०८१ मङ्सिर १४ गते  
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह

लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटकमा लागुऔषध दुर्वेशनी, बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, दाईजो प्रथालगायतले समाजमा पारिरहेको असर र ब्याप्त…

०८१ मङ्सिर १४ गते