अत्यधिक बल प्रयोग बन्द गर
लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबिचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षिय रमेश परियार रहेको प्रहरीले जनाएको छ । मृतक परियारको छातीमा गोली लागेकाको र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा, शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीलेजनाएको छ ।
इन्सेक रुपन्देही प्रतिनिधिका अनुसार औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका भनिएकाहरू र सुरक्षाकर्मीबिच झडप हुँदा सो घटना हुन पुगेको र प्रहरीले गोली चलाउँदा ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४१ जनाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । साथै, अन्य घाइते भएका १७ जना प्रहरी र २४ जना प्रदर्शनकारीमध्ये चार जना प्रहरीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौँ ल्याइएको जनाइएको छ । घटनाको विस्तृत अध्ययन गर्न इन्सेकले बनाएको अध्ययन टोलीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जानकारी गराउँदै प्रारम्भिक अध्ययनका आधारमा निम्न बमोजिमका सरोकार व्यक्त गर्दछौँ ।
सुकुम्बासी बस्तिका नागरिकहरूसँगको मुठभेडमा भएको यस प्रकारको घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको छ ।
- सशस्त्र प्रहरी बलका तर्फबाट घटनामा अत्यधिक बल प्रयोग भएका कारण मानवीय क्षतिको अवस्था आएको प्रारम्भिक सूचनाले देखाएको छ ।
- सुकुम्बासी बस्तिका प्रदर्शनकारीलाई प्रदर्शनका क्रमम संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न इन्सेक हार्दिक अनुरोध गर्दछ ।
- मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेक आग्रह गर्दछ । साथै पीडित नागरिकहरुको अधिकार र न्यायको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
- सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्याको स्थायी समाधानका लागि जिम्मेवार निकायको लापरबाही देखिने गरेको छ । तसर्थ, यस्ता समस्याको स्थायी समाधानका न्यायोचित पहल गर्न नेपाल सरकारसँग इन्सेक आग्रह गर्दछ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न अपिल
भोलि वैशाख ३० गते ७ सय ५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको…
स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि इन्सेकको अपिल
इन्सेक बितेका तीन दशकदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका अभिलेखिकरण, मानव अधिकार शिक्षाको प्रचार, मानव अधिकारको पैरवी तथा बहसलगायतका क्रियाकलापमार्फत मानव अधिकार र सामाजिक न्यायको प्राप्तिका लागि क्रियाशील छ…
आन्दोलनमा संयमता अपनाऊ
यही फागुन ८ गते मिलिनियम च्यालेन्ज कर्पोरेशनको नेपाल कम्प्याक्ट संसदमा पेश गरेको विरोधमा काठमाडौँको बानेश्वरमा भएको आन्दोलनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज तथा रबरको गोली प्रहार गरी गरेको अत्यधिक…
शान्ति सम्झौताका १५ वर्षः दण्डहिनता निरन्तर
तत्कालिन माओवादी र सरकारकबिच चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १५ वर्ष पुरा भएको छ । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू…
न्यायपालिकामा देखिएको अन्यौलको अन्त्य गर !
लोकतन्त्रमा न्यायको सुनिश्चितता गर्न पारदर्शिता, जबाफदेहिता, धीरता, अनुशासन र कर्तव्यपरायणको परिचायकको रुपमा न्यायपालिकालाई लिइन्छ । न्यायाधीशहरू न्यायका मुर्ति र न्यायालय न्यायको अन्तिम आशाको केन्द्रका रुपमा रहनु पर्छ । केहि समयदेखि…