३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णिमाया लामालाई
अथक मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा स्थापित प्रकाश मानव अधिकार पुरस्कार यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगारपालिका–७, दाप्चाकी पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वका क्रममा भएका ज्यादतीका घटनाकी एक पीडित पूर्णिमाया आफ्नो अधिकारप्रति सजग हुनुहुन्छ । यस वर्षको पुरस्कारका लागि गरिएको खुला आह्वानमा आएका ५८ जनाको नामबाट एक जनाको नाम सिफारिस गर्न सहज थिएन । तर, सङ्क्रमणकालीन न्यायिक प्रकृया पूरा हुन बिलम्व भइरहेको आजको परिप्रेक्ष्यमा उहाँको न्याय प्राप्तिको उत्कट आकाङ्क्षाको सम्मान न्यायको माग गरिरहेका सबै द्वन्द्व पीडितहरूका लागि प्रोत्साहनको विषय हो भन्ने हाम्रो ठहर छ । तमाम प्रतिकूलताको बेवास्ता गर्दै उहाँले सशस्त्र द्वन्द्वका क्रममा मारिएका आफ्ना पति अर्जुनबहादुर लामाको हत्याको घटनाको सत्यतथ्य उजागर गर्न र हत्यामा संलग्न व्यक्तिहरूउपर कारबाही चलाउन निर्भिकतापूर्वक सङ्घर्षरत् पूर्णिमाया सङ्क्रमणकालीन न्यायिक प्रकृयालाईं टुंगोमा पु¥याउन चाहने सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।
आफ्नो अधिकारका लागि सम्झौताहीन सङ्घर्ष गर्ने पूर्णिमायाले मानव अधिकार अभियानमा उर्जा थप्नु भएको छ । हामी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै न्याय प्राप्तीको लडाईंमा उहाँको सफलताको कामना गर्दछौं ।
डा. कुन्दन अर्याल सुशील प्याकुरेल
अध्यक्ष संयोजक
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भत्सर्ना
'वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि माघ २ गते जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुव्र्यवहार गरेको घटनाको हामी निन्दा तथा भत्सर्ना गर्दछौँ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा…
शान्ति सम्झौताका १८ वर्ष: कानुन संशोधन भएसँगै पलाएको आशा
२०८१ मङ्सिर ५ गते शान्ति सम्झौताका १८ वर्ष: कानुन संशोधन भएसँगै पलाएको आशा दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको…
नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक
प्रेस विज्ञप्ति नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते…
रोम विधान अनुमोदन गर
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेक दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न राजनीतिक दलहरू, संसद…
कानुन विपरीतका कार्य रोक्न माग
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्ट जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक…