“२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता राजुराम भुललाई
इन्सेक कार्यसमितिको २०७९ साउन ५ गते सम्पन्न बैठकले शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील दशरथचन्द नगरपालिका–४ का राजुराम भुललाई “२८ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले श्री भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पुर्याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको हो । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइसक्नु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा २०७९ साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको छ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकको धारणा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि निरन्तर नेपालको मानव अधिकार अवस्थाकाबारेमा अभिलेख गर्दै आएको छ । यसले गरेको अभिलेखमा यस अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गरियोस्
सन्दर्भः अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) को अवसरमा हामी नेपालमा जातीय विभेदका कुनै पनि घटनाप्रतिको शून्य सहनशीलताको नीतिलाई इमानदारीका…
जनवरी २०२३ देखि हिजोसम्म नेपालमा ३ सय ४९ बालिका तथा महिला हिंसाबाट पीडित
सन्दर्भः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण आमा, दिदी, बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने…
विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ५४ हजार किलो भिजेको,…
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जान लागेको प्रमण्डलको प्रमुखलाई रोकिएको घटनाबाट उत्पन्न संशय
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को फागुन १५ गतेदेखि चैत १३ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा हुने ५२ औँ सत्रमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएकी परराष्ट्रमन्त्री बिमला राई…