०७५ साउन ८ गते - सार्थक परिणामका लागि वार्ताको विकल्प छैन
२०७५ साउन ८ गते
सार्थक परिणामका लागि वार्ताको विकल्प छैन
माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने लगायतका माग राखी डा. गोविन्द केसी आमरण अनशन बस्नु भएको आज २५ दिन भएको छ । उहाँ अनसन बस्नु भएको तेस्रो दिनदेखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जारी गरेको विभिन्न प्रेस नोटमा उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको, मुटुको चालमा गडबडी देखिएको र जुनसकै बेला सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने उल्लेख थियो । उहाँ अनसनरत अस्पतालमा सघन उपचार कक्ष नभएकाले थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने डाक्टर केसीका शुभेच्छुकको माग अनुसार उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा साउन ३ गते अस्पताल परिसरमा भएको तोडफोड र साउन ५ गते काठमाडौँमा भएको प्रदर्शन र प्रहरी हस्तक्षेपले अनशनको विषयहरुको विषयान्तर हुने सम्भावना बढेको हामीले आँकलन गरेका छौँ । यसबीचमा डाक्टर केसीको स्वास्थ्य गम्भीर संकट उत्पन्न हुन थालेको चिकित्सकहरुले बताएको खबर सार्वजनिक भएको छ ।
डाक्टर केसीका हरेक जसो अनसनको हामीले अनुगमन गरिरहेका छौँ र यस विषयमा पटक पटक सरकार र अनशनरत केसी पक्षको ध्यानाकर्षण गराउँदै आएका छौँ [1] (डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको थालनी गर) । उहाँका मागहरु तेस्रो अनसनसम्म चिकित्सा शिक्षासँग केन्द्रित भए पनि त्यसपछिका मागहरु क्रमश संसद् र न्यायालयतिर सोझिएका छन् । डाक्टर केसीका मागहरु, सरकारसँग भएका सहमति र विरोधाभाषका सन्दर्भमा तयार पारिएको प्रतिवेदनको सार दिइएको लिङ्कमा हेर्न सकिन्छ ।[2] (डाक्टर गोविन्द केसीका १५ औँ अनशनसम्मका माग, सहमति र विरोधाभास)
डाक्टर केसीको अनशन र उनले उठाएका मागहरुको सम्बोधन हुनासाथ नेपालको चिकित्सा क्षेत्रमा रहेका तमाम बेथितिको अन्त्य हुने, औषधीहरु सुपथ मूल्यमा पाइने, कुनै पनि गरीब व्यक्ति स्वास्थ्य सेवा पाएर नमर्ने, विपन्न वर्गका छोराछोरीले निशुल्क पढ्न पाउने जस्ता विषय जोडतोडका साथ उठाइएको छ । तर केसीका मागहरु हेर्दा यी र यस्ता कुनै विषयले प्राथमिकता पाएको देखिँदैन ।
डाक्टर केसीले उठाएका मागहरु जायज छन् भने वार्ताको माध्यमबाट टुङ्ग्याउन कुनै कसर बाँकी राखिनु हुन्न । संसदीय समितिमा सरोकारवालाहरूको संलग्नतामा वार्ता गरी समस्या समाधान गर्न नेपाल सरकार समक्ष माग गर्दछौँ । डा. केसीलाई आफ्नो आधिकारिक प्रतिनिधिसहित वार्तालाई सार्थक बनाउन सहयोग गर्नुहुन अपिल गर्दछौँ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
[1] http://www.insec.org.np/press-release/20-july-2018/?lang=np
[2]http://inseconline.org/np/wp-content/uploads/2018/07/Anasan_Dr.-KC Health_Issue_Committee_SummaryReport.pdf
सम्बन्धित समाचारहरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित
१ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २६ औँ साधारणसभा २०७९ पुस २० गते काठमाडौँमा सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ…
फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता गर !
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ जारी गर्न २०७९ मंसिर २६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेकोछ । संशोधित…
मानव अधिकार अनुगमनको अधिकार संरक्षण गर ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनका क्रममा स्याङ्जा जिल्लाको क्षेत्र नं २ चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का चार वटा बुथ कब्जा भएको भन्दै नेकपा एमाले, राष्ट्रिय…
संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गरौँ
भोलि मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको छ । आवधिक निर्वाचन आफैँमा…
डा. केसीको जीवन रक्षाका लागि अपिल
डा. गोविन्द केसी २० औँ अनशन बस्नु भएको १२ दिन भएको छ । यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेबाट अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती…