०७५ साउन १५ गते - "प्रकाश मानव अधिकार पुरस्कार २०७४" दाइजो प्रथा विरोधी अभियन्तालाई !
२०७५ साउन १५ गते
"प्रकाश मानव अधिकार पुरस्कार २०७४"
दाइजो प्रथा विरोधी अभियन्तालाई !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले "२४ औँ प्रकाश मानव अधिकार पुरस्कार"बाट दाइजो प्रथा विरोधी अभियन्ता यमुनामाइ गाउँपालिका-५, रौतहटका श्री महम्मद मकसुद राँकीलाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमितिको २०७५ साउन १० गते सम्पन्न बैठकले विगत एक दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील श्री राँकीलाई "प्रकाश मानव अधिकार पुरस्कार २०७४" बाट सम्मान गर्ने निर्णय गरेको थियो ।
प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा साउन १६ गते जनकपुरधाममा सम्पन्न हुने एक समारोहका बीच श्री राँकीलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित "प्रकाश मानव अधिकार पुरस्कार"बाट यसअघि २३ जना सम्मानित भइसक्नु भएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित
१ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २६ औँ साधारणसभा २०७९ पुस २० गते काठमाडौँमा सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ…
फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता गर !
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ जारी गर्न २०७९ मंसिर २६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेकोछ । संशोधित…
मानव अधिकार अनुगमनको अधिकार संरक्षण गर ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनका क्रममा स्याङ्जा जिल्लाको क्षेत्र नं २ चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का चार वटा बुथ कब्जा भएको भन्दै नेकपा एमाले, राष्ट्रिय…
संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गरौँ
भोलि मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको छ । आवधिक निर्वाचन आफैँमा…
डा. केसीको जीवन रक्षाका लागि अपिल
डा. गोविन्द केसी २० औँ अनशन बस्नु भएको १२ दिन भएको छ । यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेबाट अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती…