०७३ कात्तिक २२ गते

 

२०७३ कात्तिक २२ गते

हार्दिक श्रद्धाञ्जलि

dukhuwa-tharu

कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियन्ता तथा इन्सेक सदस्य ६९ वर्षीय दुखुवा थारुको ०७३ कात्तिक १३ गते असामयिक निधन भएको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

बर्दिया जिल्ला ढोढरी गाविस-१ रामनगर घर भएका थारु गरीब किसान तथा सुकुम्बासीहरूको प्यारा अगुवाको रूपमा सुपरिचित हुनुहुन्थ्यो । उहाँले गरिब किसान, मुक्त कमैया र सुकुम्बासीहरूको मुक्ति, गाँस, बास र कपासको लागि आवाज उठाउनुको साथै आन्दोलनमा अगुवाई गर्दै आउनुभएको थियो । उहाँको योगदानको कदर गर्दै इन्सेकले २०६४ सालमा प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरेको थियो ।

तीन दशकदेखि कमैया मुक्तिका लागि निरन्तर सङ्घर्ष गर्दै आउनुभएका थारु स्वयम् मुक्त कमैया हुनुहुन्थ्यो । मुक्त कमैया तथा गरीब किसानका पक्षमा काम गर्ने दुखुवाको निधनले अपुरणीय क्षति भएको छ ।

Subodh_Nepali_Sign

 

सुबोधराज प्याकुरेल

अध्यक्ष