०६२ भदौ ७ गते
०६२ भदौ ७ गते
प्रेस विज्ञप्ति
सप्तरी जिल्लाको जगतपुर गाविसका तीनजना दलित महिलाहरुलाई ०६२ भदौ २ गते माओवादी कार्यकर्ताहरुले बलात्कार गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मानवताविरुद्धको यस्तो आपराधिक कृत्यको हामी घोर भर्त्सना गर्दछौं ।
माओवादी धम्कीका कारण आफूहरुमाथि गरिएको अत्याचारको खुलासासमेत गर्न नसकी सिंगो समाज मुक दर्शकको रुपमा बस्न वाध्य भएका पीडितपक्षप्रति समवेदना प्रकट गर्दछौं । घटना सार्वजनिक भएपछि स्थानीय माओवादी नेतृत्वले बलात्कारीलाई माफी माग्न लगाई छुटकारा दिएको पनि सार्वजनिक भएको छ ।
यस घटनालाई माओवादी नेतृत्वले अत्यन्त गम्भीरताका साथ छानबिन गरी दोषीहरुउपर पार्टी कारवाही गर्न आहृवान गर्दछौं । घटनाका दोषीहरुलाई कानुनी कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक
प्रेस विज्ञप्ति नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते…
३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णिमाया लामालाई
अथक मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा स्थापित प्रकाश मानव अधिकार पुरस्कार यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगारपालिका–७, दाप्चाकी पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय गरिएको छ । सरकार र माओवादीबीचको…
रोम विधान अनुमोदन गर
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेक दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न राजनीतिक दलहरू, संसद…
कानुन विपरीतका कार्य रोक्न माग
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्ट जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक…
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचनको दुष्प्रयास नगर्न आग्रह
कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई उक्त दैनिकको थापाथलीस्थित कार्यालयबाट गिरफ्तार गरी रातारात स्थलमार्गबाट जनकपुरतर्फ लगिँदै गरेको घटना आवरणमा जे भनिए पनि आमसञ्चार माध्यमलाई निर्भीक बन्नबाट रोक्ने नियोजित प्रयास हो…