सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने सर्वव्यापक आशङ्का गम्भीर चिन्ताको विषय बन्न पुगेको छ । यस मामिलामा गहन र निष्पक्ष छानविन गरी संसारको नजरमा नेपाल राष्ट्रको प्रतिष्ठा पूर्णतः धराशायी हुन नदिने अवसर गुमाउनु हुँदैन । तर, सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरूकै भ्रष्टाचार र अनियमिता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठिरहेको आजको अन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौम सत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी छ ।
विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानविन भई सम्पूर्ण आरोपितहरूमाथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमासमेत आउनसक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापनाको अगुवाइ गर्ने दलहरूले नै लिनुपर्ने प्रष्ट छ ।
नेपाल प्रहरी तथा राज्यका अन्य अङ्गबाट हालसम्म भएको अनुसन्धान कार्यको सराहना गर्नैपर्छ । तसर्थः यो सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग माग गर्दछौँ ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
टीकापुर घटनाका दोषीको सजाय माफ नगर
गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकको धारणा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि निरन्तर नेपालको मानव अधिकार अवस्थाकाबारेमा अभिलेख गर्दै आएको छ । यसले गरेको अभिलेखमा यस अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गरियोस्
सन्दर्भः अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) को अवसरमा हामी नेपालमा जातीय विभेदका कुनै पनि घटनाप्रतिको शून्य सहनशीलताको नीतिलाई इमानदारीका…
जनवरी २०२३ देखि हिजोसम्म नेपालमा ३ सय ४९ बालिका तथा महिला हिंसाबाट पीडित
सन्दर्भः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण आमा, दिदी, बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने…
विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ५४ हजार किलो भिजेको,…