संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गरौँ
भोलि मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको छ । आवधिक निर्वाचन आफैँमा त्यो अवसर हो, जसमार्फत् नागरिकले राज्य सञ्चालनलाई निर्देशित गर्छन् । आफ्ना लागि नीति बनाउने र त्यसको कार्यान्वयनमार्फत् आफ्नो जीवनस्तर सुधार्न पहल गर्ने प्रतिनिधि चुनेर पठाउँछन् ।
संविधान जारी भएपछिको यो दोस्रो निर्वाचन हो । आवधिक निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न मद्दत पुर्याउँछ । जनताको अभिमत अनुसार शासन व्यवस्थाको सञ्चालन हुने भएकाले लोकतन्त्रलाई सबैभन्दा सुन्दर शासन व्यवस्था भनिन्छ ।
निर्वाचनका लागि आवश्यक प्रशासनिक, कानुनी र सुरक्षा प्रबन्ध पूरा भएको निर्वाचन आयोगले जनाएको छ । हामीले गर्ने मतदानबाट छानिने प्रतिनिधिले देशको नीति निर्माण गर्ने भएकाले सही प्रतिनिधि छान्नु आम मतदाताको कर्तव्य हो । यसर्थ स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको दायित्व हो भने आफूलाई मन परेको उम्मेदवार छान्न पाउनु जनताको नैसर्गिक अधिकार हो । त्रास,धम्की,प्रलोभनमा नपरी मतदानमा सहभागी हुन हामी अपिल गर्दछौँ ।
डा.इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकको धारणा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि निरन्तर नेपालको मानव अधिकार अवस्थाकाबारेमा अभिलेख गर्दै आएको छ । यसले गरेको अभिलेखमा यस अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गरियोस्
सन्दर्भः अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) को अवसरमा हामी नेपालमा जातीय विभेदका कुनै पनि घटनाप्रतिको शून्य सहनशीलताको नीतिलाई इमानदारीका…
जनवरी २०२३ देखि हिजोसम्म नेपालमा ३ सय ४९ बालिका तथा महिला हिंसाबाट पीडित
सन्दर्भः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण आमा, दिदी, बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने…
विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ५४ हजार किलो भिजेको,…
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जान लागेको प्रमण्डलको प्रमुखलाई रोकिएको घटनाबाट उत्पन्न संशय
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को फागुन १५ गतेदेखि चैत १३ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा हुने ५२ औँ सत्रमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएकी परराष्ट्रमन्त्री बिमला राई…