शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । उहाँ नेपालको मानव अधिकार आन्दोलन, लोकतन्त्र र विगतमा यहाँ कायम रहेको बँधुवा श्रम विरोधी अभियानमा नेपालका मानव अधिकारकर्मीका सहयात्री हुनुहुन्थ्यो ।
मानवतावादी व्यक्तित्व स्वामीले दक्षिण एशियाली देशहरूमा बँधुवा मजदुर, महिलामाथि हुने हिंसा, दलितविरूद्ध हुने विभेदकाविरूद्ध आवाज उठाउनु भएको थियो । पञ्चायत विरोधी आन्दोलनमा नेपालका राजनीतिक दल तथा मानव अधिकारकर्मीसँग निकट रहेर काम गर्नुभएका स्वामी अग्निवेशले भुटानबाट लखेटिएका नेपाली भाषीका पक्षमा वकालत गर्नुभएको थियो ।
इन्सेकको स्थापनाकालदेखि नै इन्सेकसँग निकट रहनु भएका अग्निवेशले कमैया मुक्ति आन्दोलनका साथै अन्य विभिन्न अभियानका सन्दर्भमा पटक–पटक नेपाल भ्रमण गरी नेपालका सीमान्तकृत नागरिकका पक्षमा आवाज उठाउनु भएको थियो । उहाँ इन्सेकका संस्थापक सुशील प्याकुरेल तथा स्वर्गीय प्रकाश काफ्लेका असल मित्र हुनुहुन्थ्यो । सामाजिक अभियानमा पुर्याउनु भएको योगदानका कारण ‘राइट लाइवलीहुड अवार्ड’ बाट सम्मानित उहाँ सधैँ नै अतिवादीहरूको निशाना बन्नु भएको थियो ।
उहाँको निधनले भारतका मात्रै होइन समग्र दक्षिण एशियाको दलित आन्दोलन, बँधुवा मजदुर आन्दोलन, महिला तथा अल्पसङ्ख्यकको आन्दोलन र अभियानलाई अपूरणीय क्षति भएको छ । आफ्नो जीवनकालमा मानवताका लागि उहाँले देखाउनु भएको बाटो र सामाजिक योगदानका कारण उहाँ कैयौँ पुस्तासम्म जीवित रहनु हुने विश्वाससहित दुःखको यस घडीमा स्वामी अग्निवेशप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
डा.इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
पीडितको न्यायको अधिकार सुनिश्चित गर !
नेकपा माओवादीका कार्यकर्ताले यात्रु बसमा विद्युतीय धराप विष्फोट गराएर ४२ जनाको मृत्यु र ६८ जना घाइते भएको दुर्दान्त बाँदरमुढे घटनाको आज १७ वर्ष भएको छ । साविक कल्याणपुर गाविस–१ र…
मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न अपिल
भोलि वैशाख ३० गते ७ सय ५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको…
स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि इन्सेकको अपिल
इन्सेक बितेका तीन दशकदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका अभिलेखिकरण, मानव अधिकार शिक्षाको प्रचार, मानव अधिकारको पैरवी तथा बहसलगायतका क्रियाकलापमार्फत मानव अधिकार र सामाजिक न्यायको प्राप्तिका लागि क्रियाशील छ…
आन्दोलनमा संयमता अपनाऊ
यही फागुन ८ गते मिलिनियम च्यालेन्ज कर्पोरेशनको नेपाल कम्प्याक्ट संसदमा पेश गरेको विरोधमा काठमाडौँको बानेश्वरमा भएको आन्दोलनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज तथा रबरको गोली प्रहार गरी गरेको अत्यधिक…
शान्ति सम्झौताका १५ वर्षः दण्डहिनता निरन्तर
तत्कालिन माओवादी र सरकारकबिच चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १५ वर्ष पुरा भएको छ । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू…