शोक वक्तव्य

  २०८० पुस १७ गते

नेपाली पत्रकारिता तथा पत्रकारिता शिक्षाका शिखर व्यक्तित्व गोकुलप्रसाद पोखरेलको ८८ वर्षको उमेरमा भएको निधनप्रति शोक व्यक्त गर्दछु । नेपाली पत्रकारितामा सामाजिक उत्तरदायित्वको भावना प्रसार गर्दै पत्रकारहरूलाई पहिलो पङ्क्तिको मानव अधिकार रक्षकका रूपमा दायित्वबोध गराउन उहाँले पत्रकार, विकासमुखी पत्रकार, जातीय विभेदविरोधी अभियन्ता, राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त, पत्रकारिता शिक्षक र प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो ।

gokul_pokharel

मूलतः २०४६ सालपछि प्रारम्भ भएको नेपालको व्यवसायिक पत्रकारिताको आवश्यकता अनुरूपका जनशक्ति निर्माण गर्न उहाँले पत्रकारिता शिक्षा र प्रशिक्षणको क्षेत्रमा पुर्‍याउनु भएको योगदान अविस्मरणीय छ । उहाँको निधनबाट नेपाली पत्रकारिताले एक सिद्धहस्त, अनुभवी र मार्गदर्शक गुरु गुमाएको छ । दुःखको यस घडीमा वरिष्ठ पत्रकार स्वर्गीय पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

Kundan aryal sign

डा. कुन्दन अर्याल

अध्यक्ष