शोक वक्तव्य
विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी हाल इन्सेक कपिलवस्तु जिल्ला सहजकर्ताको रुपमा कार्यरत नन्दराम पौडेलको २०७७ चैत ३१ गते साँझ सडक दुर्घटनामा परी मृत्यु भएको खबरले हामीलाई दुःखी बनाएको छ । दुःखको यस घडीमा हामी दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणको जीवन रक्षा तथा मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा उहाँको महत्वपुर्ण योगदान रहेको थियो । सशस्त्र द्वन्द्व तथा प्रतिकार समूहका नाममा विस्थापित भएकाहरूको पुनर्स्थापना, द्वन्द्व पीडितको न्याय तथा स्थानीय शान्ति समितिमार्फत द्वन्द्व रुपान्तरणका सवालमा उहाँले महत्वपूर्ण कार्यहरू गर्नुभएको थियो ।
इन्सेकसँग आवद्ध रहेर द्वन्द्व पीडितको न्याय प्राप्तिको अभियानमा पुर्याउनु भएको योगदान तथा समग्र मानव अधिकार संरक्षण तथा सम्बर्द्धनमा गर्नु भएको कार्यको इन्सेकले सदा स्मरण गरिरहनेछ । इन्सेकले आफ्नो एक जना असल र कर्मशील सहयोद्धा मानव अधिकार रक्षक गुमाएको छ भने परिवारले एक जना महत्वपूर्ण सदस्य गुमाएको छ ।
नेपालमा मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये सडक दुर्घटना पनि रहने गरेको छ । असुरक्षित राजमार्ग, कमजोर अनुगमन प्रणाली तथा सवारी चालकको लापरबाही जस्ता कारणहरुको न्यूनीकरणका लागि भरपर्दो संयन्त्र निर्माणमा हामी सम्बन्धित पक्षको ध्यान आकर्षण गराउँछौँ । यस दुखद् घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेक नियामक निकायसँग जोडदार माग गर्दछ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १८ वर्ष: कानुन संशोधन भएसँगै पलाएको आशा
२०८१ मङ्सिर ५ गते शान्ति सम्झौताका १८ वर्ष: कानुन संशोधन भएसँगै पलाएको आशा दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको…
नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक
प्रेस विज्ञप्ति नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते…
३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णिमाया लामालाई
अथक मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा स्थापित प्रकाश मानव अधिकार पुरस्कार यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगारपालिका–७, दाप्चाकी पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय गरिएको छ । सरकार र माओवादीबीचको…
रोम विधान अनुमोदन गर
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेक दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न राजनीतिक दलहरू, संसद…
कानुन विपरीतका कार्य रोक्न माग
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्ट जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक…