शान्ति सम्झौताका १८ वर्षः न्याय तथा परिपूरण कहिले ?
दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको विस्तृत शान्ति सम्झौताको १८ वर्ष हुन लाग्दा पनि हजारौँ द्वन्द्वपीडित न्याय र परिपूरणबाट विमुख छन् । सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दल र एकपछि अर्को गरी आजसम्मका सरकारहरूले देखाएको उदासिनताप्रति हामी चिन्ता व्यक्त गर्दछौँ ।
मानव अधिकार उल्लङ्घनका घटनाहरूको उजागर गर्दै त्यसमा संलग्न दोषीहरूलाई कारबाही गरिनु सङ्क्रमणकालीन न्याय व्यवस्थाको प्रमुख कार्य एवम् माग हो । आफ्ना प्रियजनहरूको के कारणले हत्या भयो ? उनीहरूलाई किन बेपत्ता पारियो ? वा किन उनीहरूलाई घाइते तुल्याइयो ? लगायतका विषयमा यथार्थ जान्न पाउनु पीडितपक्षको अधिकार हो । तर, विगत १८ वर्षदेखि द्वन्द्वकालमा भएका जघन्य अपराधमा संलग्न दोषी पत्ता लगाउने, तिनलाई कानुनको दायरामा ल्याउने, पीडित पक्षको तथ्य सङ्कलन, न्याय तथा अन्य परिपूरणको व्यवस्था गरी समाजमा शान्ति स्थापना गर्ने विषयमा सार्थक कार्य हुन सकेको छैन ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेसले कात्तिक १४ गते संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै द्वन्द्वपीडितको न्यायको सवाललाई केन्द्रमा राखी, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र सर्वोच्च अदालतका फैसलाहरूको आधारमा सङ्क्रमणकालीन न्यायको प्रकृयालाई टुुङ्ग्याउन आग्रह गर्नु भएको स्मरण गराउँछौँ । संसदमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशक्य छिटो पारित गर्न तथा न्याय र परिपूरणको सवालमा गम्भीर हुन राजनीतिक दल र सरकारसँग आह्वान गर्दछौँ ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
आमजनतामा असुरक्षा भाव, अन्योल र मानव अधिकार अवस्थाप्रति बढिरहेको चिन्ताका सन्दर्भमा हाम्रो चासो
१. स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने…
मानव अधिकार आयोग तदर्थ मानसिकताबाट माथि उठोस्
राष्ट्रिय मानव अधिकार संस्थाको विश्वव्यापी सञ्जाल (GANHRI) ले राष्ट्रिय मानव अधिकार आयोग, नेपालको श्रेणी घटुवा गर्न सक्छ भन्ने आशंका हालका लागि समाप्त भएकोमा हामी खुसी र सन्तोष व्यक्त गर्दछौं ।…
भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनले हामी मर्माहत भएका छौँ । शोकको यस घडीमा मानवअधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय…
भावपूर्ण श्रद्धाञ्जली
२०८० भदौ १२ गते भावपूर्ण श्रद्धाञ्जली पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज भदौ १२ गते…
प्रेस विज्ञप्ति
मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय,…