मानव अधिकार आयोग तदर्थ मानसिकताबाट माथि उठोस्
राष्ट्रिय मानव अधिकार संस्थाको विश्वव्यापी सञ्जाल (GANHRI) ले राष्ट्रिय मानव अधिकार आयोग, नेपालको श्रेणी घटुवा गर्न सक्छ भन्ने आशंका हालका लागि समाप्त भएकोमा हामी खुसी र सन्तोष व्यक्त गर्दछौं ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपाल ‘क’ श्रेणीमा कायमै रहेको यस सन्र्दभमा नेपालको वर्तमान संविधान जारी हुनुभन्दा अघिको राष्ट्रिय मानवअधिकार ऐन २०६८ लाई विस्थापित गर्दै आयोगलाई पेरिस सिद्धान्त (१९९३) अनुसार अझ बढी स्वायत्त र प्रभावकारी बनाउने गरी नयाँ कानुनको निर्माण गर्ने प्रकृयाको गति बढाउन सरकारसँग जोडदार माग गर्दछौं ।
कुनै पनि देशको ‘ख’ श्रेणीको आयोगको सिफारिस कार्यान्यवन गर्न राज्य बाध्यकारी नहुने हुँदा नेपालको आयोगको श्रेणी घटुवा भएको भए देशभित्रको मानव अधिकार अवस्था अझ जटिल हुन सक्ने थियो । संसारका धेरै मानव अधिकार आयोगभन्दा सुस्पष्ट रूपमा संविधान र कानुनबाट स्वायत्तता र स्वतन्त्रता प्राप्त गरेको नेपालको आयोगको श्रेणी घटुवा भएको भए राज्यका निकायले प्राप्त गर्ने अन्तर्राष्ट्रिय अनुदानमा पनि प्रतिकूल असर पर्न सक्ने थियो । अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपाललाई दूरगामी असर पर्न सक्ने थियो । मानव अधिकारका कतिपय अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपाल वञ्चित हुन सक्ने थियो भने पुःन स्तरोन्नतिका लागि गरिने प्रयास सहज हुने थिएन । उल्लेखित तथ्यहरूलाई नेपाल सरकार, संसद, राजनीतिक दलहरू र राष्ट्रिय मानव अधिकार आयोगले समेत गम्भीरतापूर्वक मनन् गर्दै आयोगसम्बन्धी नयाँ कानुन निर्माणमा इमान्दार पहल गर्नै पर्दछ ।
स्तरीकरणसम्बन्धी विर्मश टुंगो लागेको अवस्थामा अब आयोगले नागरिक समाज र मानव अधिकार संस्थाहरूसँगको सहकार्य बढाउँदै मानव अधिकार संरक्षण र सम्बर्धनमा आफ्नो सकृयता बढाउन सक्नु पर्दछ । यसै विर्मशका कारण आयोग कदाचित तदर्थ मानसिकतामा खुम्चिएको हो भने अब यसले त्यस अवस्थाभन्दा माथि उठ्दै मानव अधिकार तथा नागरिक समाज संस्थाहरूसँग गतिविधिको तहमा मात्र होइन, नीतिगत तहमा पनि सशक्त सहकार्यको वातावरण बनाउनु पर्दछ । साथै, आयोगले आफ्ना पदाधिकारहरूको अनुशासनहिनता र गैरजिम्मेवार कृयाकलापका कारण यसको गरीमाको क्षय हुन पुग्दछ भन्ने हृदयंगम गर्न जरुरी छ ।
नेपालका मानव अधिकार तथा नागरिक संस्थाहरूको संघर्षको प्रतिफलका रूपमा स्थापित र उनीहरूकै सचेत निगरानीका कारण ‘क’ श्रेणीमा कायम रही आएको राष्ट्रिय मानव अधिकार आयोग मजवूत, स्वायत्त, सक्षम, संवेदनशील, प्रभावकारी, सकृय र हरेक क्षण मानव अधिकारको संरक्षण र सम्वर्धनमा तत्पर र समर्पित हुनु पर्दछ भन्ने हाम्रो अपेक्षा छ । हाम्रो यो मौलिक आकांक्षा र आयोगको स्थापनाकालीन उद्देश्यहरूलाई साकार पार्न हामी आयोगसँग सहकार्यका लागि खुला रही रहनेछौं ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
आमजनतामा असुरक्षा भाव, अन्योल र मानव अधिकार अवस्थाप्रति बढिरहेको चिन्ताका सन्दर्भमा हाम्रो चासो
१. स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने…
शान्ति सम्झौताका १८ वर्षः न्याय तथा परिपूरण कहिले ?
दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको विस्तृत शान्ति सम्झौताको १८ वर्ष हुन लाग्दा पनि हजारौँ द्वन्द्वपीडित न्याय र परिपूरणबाट…
भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनले हामी मर्माहत भएका छौँ । शोकको यस घडीमा मानवअधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय…
भावपूर्ण श्रद्धाञ्जली
२०८० भदौ १२ गते भावपूर्ण श्रद्धाञ्जली पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज भदौ १२ गते…
प्रेस विज्ञप्ति
मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय,…