मानव अधिकार अनुगमनको अधिकार संरक्षण गर ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनका क्रममा स्याङ्जा जिल्लाको क्षेत्र नं २ चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का चार वटा बुथ कब्जा भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गरेको र हालसम्म पनि मतगणना शुरु हुन नसकेको घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति इन्सेक खेद प्रकट गर्दछ ।
अवस्था अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका–५ स्थित जनसक्रिय आधारभूत विद्यालय, चिठीपोखरी मतदान केन्द्रमा पुगेको थियो । सो क्रममा टोलीले स्थानीय बासिन्दासँग मतदानका दिनको घटनाबारे छलफल गरेको थियो । छलफल सकाएर सदरमुकाम फर्कने क्रममा अपरिचित व्यक्तिहरूको एक समूहले इन्सेकको टोलीलाई उहाँहरू सवार गाडीबाट ओर्लन लगाइ व्यक्ति तथा गाडीको फोटो खिच्ने, अनावश्यक सोधपुछ गर्ने, पछि फोन गरी गालीगलौज तथा धम्की दिएको थियो । अनुगमन टोलीले भ्रमणको उद्देश्य तथा संस्थाको परिचय त्यो समूहलाई दिएको भए पनि उनीहरूले तत्कालै फर्कन र भविष्यमा जे पनि हुनसक्ने भन्दै धम्क्याएको थियोे ।
नेपालका मानव अधिकार रक्षकले सशस्त्र द्वन्द्वको कठिन परिस्थितिमा पनि निर्बाध रूपमा मानव अधिकार अनुगमन गरेको यहाँ स्मरण गर्नु वाञ्छनीय हुन्छ । नेपालको संविधान तथा कानुन र नेपाल पक्षराष्ट्र भएका अनेकौँ सन्धि सम्झौताले मानव अधिकार रक्षकले बिनारोकतोक मानव अधिकार अवस्थाको अनुगमन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएका संस्थाका प्रतिनिधिउपर भएको यस्तो घटना पक्कै पनि सुखद् होइन । अनुगमनमा अवरोध गरिनुले विपक्षी राजनीतिक दलले लगाएको बुथ कब्जाको आरोपलाई पुष्टि गर्न मद्दत गर्छ । हामी यस घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन तथा निर्बाध अनुगमनको वातावरण तयार गर्न निर्वाचन आयोग तथा नेपाल सरकारसँग आग्रह गर्दछौँ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
टीकापुर घटनाका दोषीको सजाय माफ नगर
गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु…
सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने सर्वव्यापक आशङ्का गम्भीर चिन्ताको विषय बन्न पुगेको छ । यस मामिलामा गहन र निष्पक्ष…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकको धारणा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि निरन्तर नेपालको मानव अधिकार अवस्थाकाबारेमा अभिलेख गर्दै आएको छ । यसले गरेको अभिलेखमा यस अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट…
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गरियोस्
सन्दर्भः अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) को अवसरमा हामी नेपालमा जातीय विभेदका कुनै पनि घटनाप्रतिको शून्य सहनशीलताको नीतिलाई इमानदारीका…
जनवरी २०२३ देखि हिजोसम्म नेपालमा ३ सय ४९ बालिका तथा महिला हिंसाबाट पीडित
सन्दर्भः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण आमा, दिदी, बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने…