भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनले हामी मर्माहत भएका छौँ । शोकको यस घडीमा मानवअधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ सालदेखि निरन्तर इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आउनु भएको थियो ।
नेपालको संविधानमा मानव अधिकार, बहुलवादलगायत सामाजिक न्यायको प्रत्याभूत गर्ने कैयौँ अग्रगामी प्रावधान समावेश गर्न संविधानसभाको अध्यक्षको हैसियतमा उहाँले ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
नेपालमा मानव अधिकार संवैधानिक संयन्त्रको स्थापनाका लागि पहिलो पटक पहल सुरु गर्दै नेम्वाङले २०४९ सालमा राष्ट्रियसभामा राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ‘सङ्कल्प प्रस्ताव’ दर्ता गर्नु भएको थियो । पुनर्स्थापित संसद्ले २०६३ सालमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न संकल्प प्रस्ताव पारित गर्दा उहाँ सभामुख हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नेपालको शान्ति प्रकृयालाई दीगो र न्यायपूर्ण रूपमा टुङ्ग्याउन सकृय हुनु हुन्थ्यो । उहाँको मत नेपालकोृ शान्ति र सङ्क्रमणकालीन न्यायको प्रकृयालाई मौलिक ढङ्गले नेपालभित्रैबाट टुङ्ग्याउनुपर्छ भन्ने रही आएको थियो ।
नेम्वाङको निधनले नेपालको लोकतान्त्रिक राजनीति र मानवअधिकार आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकारको संरक्षण तथा सम्वर्धनका लागि आजीवन समर्पित नेम्वाङ जनताको स्मृतिमा सदैव जीवित रही रहनु हुनेछ ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
आमजनतामा असुरक्षा भाव, अन्योल र मानव अधिकार अवस्थाप्रति बढिरहेको चिन्ताका सन्दर्भमा हाम्रो चासो
१. स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने…
शान्ति सम्झौताका १८ वर्षः न्याय तथा परिपूरण कहिले ?
दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको विस्तृत शान्ति सम्झौताको १८ वर्ष हुन लाग्दा पनि हजारौँ द्वन्द्वपीडित न्याय र परिपूरणबाट…
मानव अधिकार आयोग तदर्थ मानसिकताबाट माथि उठोस्
राष्ट्रिय मानव अधिकार संस्थाको विश्वव्यापी सञ्जाल (GANHRI) ले राष्ट्रिय मानव अधिकार आयोग, नेपालको श्रेणी घटुवा गर्न सक्छ भन्ने आशंका हालका लागि समाप्त भएकोमा हामी खुसी र सन्तोष व्यक्त गर्दछौं ।…
भावपूर्ण श्रद्धाञ्जली
२०८० भदौ १२ गते भावपूर्ण श्रद्धाञ्जली पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज भदौ १२ गते…
प्रेस विज्ञप्ति
मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय,…