प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचनको दुष्प्रयास नगर्न आग्रह
कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई उक्त दैनिकको थापाथलीस्थित कार्यालयबाट गिरफ्तार गरी रातारात स्थलमार्गबाट जनकपुरतर्फ लगिँदै गरेको घटना आवरणमा जे भनिए पनि आमसञ्चार माध्यमलाई निर्भीक बन्नबाट रोक्ने नियोजित प्रयास हो भन्ने देखिन्छ । नागरिकता छानविनका लागि गिरफ्तार गरिएको भनिए पनि प्रतिष्ठित सञ्चार माध्यमका प्रकाशकलाई त्यसअघि कुनै सोधपुछ नगरी यस्तो बेला गिरफ्तार गरिएको छ, जतिबेला गृहमन्त्रीको सहकारीसँगको विवादास्पद संलग्नताका सम्बन्धमा कान्तिपुर मिडिया ग्रुपले श्रृङ्खलाबद्ध रुपमा आलोचनात्मक सामग्री प्रकाशित वा प्रसारित गर्दै आएको छ ।
तसर्थः नेपाली इतिहासका विभिन्न कालखण्डमा लोकतन्त्रभित्रैबाट अधिनायकवादी अभ्यासको दुष्प्रयास हुने गरेको पृष्ठभूमिमा हामी मिडिया उद्यमी सिरोहियाको गिरफ्तारी, उहाँमाथि लागेको नागरिकतासम्बन्धी आरोपका कारणले नभई प्रतिशोधका आधारमा भएको होइन भन्ने देख्दैनौं । एक प्रमुख स्वतन्त्र मिडियाप्रति सरकारको यो व्यवहारको प्रतिकूल असर देशका आमसञ्चारमा पर्दैन भन्न सकिँदैन ।
यसर्थः हामी लोकतान्त्रिक परिधि खुम्च्याउन र खासगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै पनि बहानामा संकुचन गर्ने दुष्प्रयास नगरिने सुनिश्चित गर्न सरकारलाई सचेत गराउँदछौँ ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक
प्रेस विज्ञप्ति नेपालको सङ्क्रमणकालीन न्यायः निरन्तर निगरानी आवश्यक बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते…
३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णिमाया लामालाई
अथक मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा स्थापित प्रकाश मानव अधिकार पुरस्कार यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगारपालिका–७, दाप्चाकी पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय गरिएको छ । सरकार र माओवादीबीचको…
रोम विधान अनुमोदन गर
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेक दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न राजनीतिक दलहरू, संसद…
कानुन विपरीतका कार्य रोक्न माग
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्ट जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक…
शोक वक्तव्य
बागलुङको निसीखोला गाउँपालिकामा २०८० चैत ५ गते साँझ भएको बस दुर्घटनामा इन्सेक रुकुम पूर्वका जिल्ला प्रतिनिधि विक्रम परियारको निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । सो दुर्घटनामा अन्य नौ जनाको…