डा. केसीको जीवन रक्षाका लागि अपिल
डा. गोविन्द केसी २० औँ अनशन बस्नु भएको १२ दिन भएको छ । यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेबाट अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती अस्पतालमा उपचारार्थ भर्ना हुनु भएकोमा हाल काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा ल्याएर उपचार गराइएको छ ।
चिकित्सा सुधारसहितका सात बुँदे माग राखेर धनगढीबाट अनशन थाल्नु भएका डा. केसीसँग सार्थक वार्ता गरी जीवन रक्षाका लागि हामी जोडदार माग गर्दछौँ । डा. केसीका विगतका अनसन अन्त्य गर्न उहाँसँग यसअघि गरिएका सम्झौता र सहमति कार्यान्वयन नभएको उहाँको भनाइ रहेको छ । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएकाले डा. केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गर्दछौँ ।
डा.इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित
१ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २६ औँ साधारणसभा २०७९ पुस २० गते काठमाडौँमा सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ…
फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता गर !
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ जारी गर्न २०७९ मंसिर २६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेकोछ । संशोधित…
मानव अधिकार अनुगमनको अधिकार संरक्षण गर ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनका क्रममा स्याङ्जा जिल्लाको क्षेत्र नं २ चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का चार वटा बुथ कब्जा भएको भन्दै नेकपा एमाले, राष्ट्रिय…
संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गरौँ
भोलि मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको छ । आवधिक निर्वाचन आफैँमा…
“२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता राजुराम भुललाई
इन्सेक कार्यसमितिको २०७९ साउन ५ गते सम्पन्न बैठकले शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील दशरथचन्द नगरपालिका–४ का राजुराम भुललाई “२८ औँ प्रकाश मानव…