जनवरी २०२३ देखि हिजोसम्म नेपालमा ३ सय ४९ बालिका तथा महिला हिंसाबाट पीडित
सन्दर्भः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस
१ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण आमा, दिदी, बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने कुनै पनि किसिमको हिंसा विरुद्ध शून्य सहनशीलता दर्शाउन सम्बन्धित सबैलाई आह्वान गर्दछौँ ।
संयुक्त राष्ट्रसङ्घले जारी गरेको महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–१९७९ को पक्ष राष्ट्र नेपालका महिलाहरूले हिंसाको शिकार हुन नपरोस् र महिला मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा राज्यका सबै निकाय संवेदनशील बन्न सकुन् । हामी नेपाली बालिका र महिलाले संवैधानिक हकको उपभोग गर्दै मानव अधिकारहरूको विश्वव्यापी मान्यताअनुरुप सुरक्षित जीवन यापन गर्न पाउनु पर्छ भन्ने दोहोर्याउन चाहन्छौँ ।
इन्सेकले देशभरिबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अभिलेख अनुसार सन् २०२३ को जनवरीदेखि हिजो मार्च ७ सम्म बालिका र महिला गरी ३ सय ४९ जना पीडित भए । जसमध्ये १ सय १ जना बालिका र २ सय ४८ जना महिला थिए । अभिलेखित घटना अनुसार बालविवाहका घटनामा पाँच जना, बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना, बलात्कारका घटनामा ७४ जना र यौन दुर्व्यवहारका घटनामा १९ जना बालिका पीडित भए ।
सन् २०२३ को यो अवधिमा घरेलु हिंसामा परी १ सय ९३ जना महिला पीडित भए । बहुविवाहका घटनामा १३ जना, बलात्कार प्रयासका घटनामा सात जना, यौन दुर्व्यवहारका घटनामा दुई जना, बलात्कारका घटनामा ३० जना र बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना महिला पीडित भएका घटना अभिलेख गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३० ले प्रत्येक महिलालाई धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण विरुद्धको हक सुनिश्चित गरेको छ । तर, अन्धविश्वास, परम्परागत सामाजिक संरचना, कानुन कार्यान्वयनको अभाव र राज्यका विभिन्न निकायको लैङ्गिक जबाफदेहिताको कमजोर अवस्थाका कारणले महिला हिंसाका घटनामा कमी आएको छैन ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गरियोस्
सन्दर्भः अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विरुद्धको दिवस (२१ मार्च) को अवसरमा हामी नेपालमा जातीय विभेदका कुनै पनि घटनाप्रतिको शून्य सहनशीलताको नीतिलाई इमानदारीका…
विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ५४ हजार किलो भिजेको,…
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जान लागेको प्रमण्डलको प्रमुखलाई रोकिएको घटनाबाट उत्पन्न संशय
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को फागुन १५ गतेदेखि चैत १३ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा हुने ५२ औँ सत्रमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएकी परराष्ट्रमन्त्री बिमला राई…
शोक वक्तव्य
नेपालको मानव अधिकार आन्दोलनका अभिभावक एवम् सम्मानित व्यक्तित्व, वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनले हामीलाई दुःखी तुल्याएको छ । नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनका योद्धा डा. श्रेष्ठले २०४६ सालको ऐतिहासिक…
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित
१ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २६ औँ साधारणसभा २०७९ पुस २० गते काठमाडौँमा सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ…