कानुन विपरीतका कार्य रोक्न माग

  २०८१ जेठ १८

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्ट जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक प्रहरीले स्वयमसेवक नाम दिएर श्रममा खटाउन थालेको छ । सवारी ऐनमा व्वयस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनको प्रतिस्थापन हो । हामी यस्ता कृयाकलापको विरोध गर्दछौँ ।

कसैको लहडमा गरिने यस्ता निर्णय र कार्यक्रमले समाजमा अराजकतालाई बढवा दिने वा कानुन विहीनताको अवस्थालाईमात्रै प्रश्रय गर्दछ । नेपालको संविधान, कानुन तथा मानव अधिकार विपरीत यस प्रकारका कार्य रोक्न तथा लागु गर्नै पर्ने भए कानुन बनाएर कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

Kundan Aryal Signature

डा. कुन्दन अर्याल

अध्यक्षा