आन्दोलनमा संयमता अपनाऊ
यही फागुन ८ गते मिलिनियम च्यालेन्ज कर्पोरेशनको नेपाल कम्प्याक्ट संसदमा पेश गरेको विरोधमा काठमाडौँको बानेश्वरमा भएको आन्दोलनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज तथा रबरको गोली प्रहार गरी गरेको अत्यधिक बल प्रयोग तथा आन्दोलनकारीले सार्वजनिक सम्पतिमाथि तोडफोड गरेको घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रूपमा आवाज उठाउन पाउने अधिकारको रक्षा गर्नुपर्ने सरकारले अत्यधिक बल प्रयोग गर्नु संविधान र मानव अधिकारको मूल्य प्रतिकुल कार्य हो ।
आगामी दिनमा हुने विरोध प्रदर्शनलाई सभ्य बनाउन प्रदर्शनकारीसमक्ष आग्रह गर्दछौँ भने प्रहरीलाई दमनको नीति अबलम्बन नगर्न खबरदारी गर्दछौँ ।
राजनीतिक स्थिरता, सामाजिक न्याय तथा समृद्धि सुनिश्चितताका लागि योगदान गर्न राजनीतिक नेतृत्वले शान्तिपूर्ण विमर्शको बाटोतर्फ जनसमुदायलाई नेतृत्व गर्नु जरुरी देखिन्छ । संयम, धैर्य र शान्तिपूर्ण अभ्यासका लागि सरकार, नेपाल प्रहरी, राजनीतिक दल र आमजनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न अपिल
भोलि वैशाख ३० गते ७ सय ५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको…
स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि इन्सेकको अपिल
इन्सेक बितेका तीन दशकदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका अभिलेखिकरण, मानव अधिकार शिक्षाको प्रचार, मानव अधिकारको पैरवी तथा बहसलगायतका क्रियाकलापमार्फत मानव अधिकार र सामाजिक न्यायको प्राप्तिका लागि क्रियाशील छ…
शान्ति सम्झौताका १५ वर्षः दण्डहिनता निरन्तर
तत्कालिन माओवादी र सरकारकबिच चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १५ वर्ष पुरा भएको छ । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू…
न्यायपालिकामा देखिएको अन्यौलको अन्त्य गर !
लोकतन्त्रमा न्यायको सुनिश्चितता गर्न पारदर्शिता, जबाफदेहिता, धीरता, अनुशासन र कर्तव्यपरायणको परिचायकको रुपमा न्यायपालिकालाई लिइन्छ । न्यायाधीशहरू न्यायका मुर्ति र न्यायालय न्यायको अन्तिम आशाको केन्द्रका रुपमा रहनु पर्छ । केहि समयदेखि…
जनगणनाका लागि इन्सेकको अपिल
हरेक १० वर्षको अन्तरालमा नेपालमा जनगणना गरिँदै आइएको छ । बिसं १९६८ बाट थालनी गरिएको जनगणनाको यो ११ औँ संस्करण हो । कोभिड-१९ को महामारीका कारण अझैपनि हाम्रो दिनचर्या सहज…