स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत

निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ । आयोगद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिन्ह प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन…

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका 'साइनबोर्ड' फालियो

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड, यसैगरी स्वर्गद्वारी नपा-३ मा रहेको कार्यालयको बोर्ड र माण्डवी गाँउपलिका-३ मा रहेको कार्यालयको बोर्ड पनि वैशाख १० गते राति सो…

माओवादी केन्द्रबाट आचारसंहिता उल्लङ्घन भएको काङ्ग्रेस र एमालेको आरोप

रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता उलङ्घन भएको भन्दै उनीहरूले वैशाख १० गते मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको विभिन्न स्थानमा आफ्नो पार्टीलाई भोट हाल्न भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बिजुलीका पोल लगेको…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा दलहरू प्रतिबद्ध

डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समितिको पहलमा वैशाख १० गते राजनीतिक दलका नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहको निर्वाचनमा बालबालिकाहरू प्रयोग नगर्न राजनितिक दलहरूलाई आग्रह गरिएपछि दलहरूका तर्फबाट बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता…

निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन अनुगमन सुरू

स्थानीय तहको निर्वाचनमा कुनै पक्षबाट पनि बालबालिकाको प्रयोग हुन नदिन वैशाख १० गतेदेखि अनुगमन सुरू गरिएको छ । महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा समिति गठन गरी अनुगमन सुरू गरिएको हो । महिला तथा बालबालिका कार्यालय सल्यानको संयोजकत्वमा गठित समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, दलित…

व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा निर्वाचन सर्दैन- प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा नसर्ने बताएको राससले जनाएको छ । वैशाख ९ गते काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने-‘मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मतपेटिका र मसीलगायतका सामग्रीको व्यवस्थापन गरी ढुवानीसमेत सुरु भइसकेकाले यो…

स्थानीय निर्वाचनमा युवा सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड

स्थानीय निर्वाचनमा युवा नेतृत्व विषयक अन्तरसम्वाद कार्यक्रममा स्थानीय निर्वाचनमा युवाको सहभागिता सुनिश्चित गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । वैशाख ९ गते काठमाडौँमा आयोजित उक्त कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले युवाको जनसङ्ख्या धेरै रहेकोले युवा सहभागितालाई समेट्नु पर्नेमा जोड दिएका हुन् । स्थानीय तहको निर्वाचनमा…

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबिच झडप भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजमा आयोजित मतदाता शिक्षा कार्यक्रम विथोल्ने क्रममा वैशाख ९ गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा मोर्चाका चार जना कार्यकर्ता घाइते भएका छन् । मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताका लागि केअमाविमा आयोजित मतदाता शिक्षा कार्यक्रम स्थलमा प्रवेश गरी मोर्चाका कार्यकर्ताहरूले सामग्रीहरू खोस्न थालेपछि…

आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सिङ्गो मुलुक स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद…

मधेसी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनका कार्यक्रम अनुसार मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले वैशाख ७ गते विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेका समाचार इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका अनुसार मोर्चाले बारा र धनुषामा लाठी जुलुस प्रदर्शन गरेका छन् । इन्सेक बारा जिल्ला प्रतिनिधि…