ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन
रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । 'उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट माग्न आएका छैनन ।'-उनले भनिन् । उनले इन्सेक प्रतिनिधिसँग उल्टै प्रश्न तेर्स्याइन्-'कुन चुनाव ? मलाई त थाहा छैन ।' पाँच जनाको परिवार ढुङ्गा कुटेरै पालेकी उनलाई चुनावले भन्दा बिहान साँझको…
महोत्तरीमा जिससले डाकेको सर्वदलीय बैठक राजपाको विरोधपछि स्थगित
जिल्ला समन्वय समिति महोत्तरीले गाउँपालिका थप गर्ने विषयमा वैशाख १३ गते डाकेको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीले विरोध जनाएपछि बैठक स्थगित गरिएको छ । राजपाले आफ्नो तयारी पुर्ण नरहेको भन्दै विरोध जनाएपछि एकदिनको लागि बैठक स्थगित गरिएको छ । अब वैशाख १४ गते बिहान ८ बजे सर्वदलीय बैठक डाकिएको जिल्ला…
सरकारले चुनाव सारेपछि मतदाता निराश
दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनको मिति एक महिनापछि सारेपछि मतदान गर्न पाउने भन्दै खुसी भएका यहाँका मतदाता निराश भएका छन् । सरकारले वैशाख ३१ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि मजदुरी गर्न भारत गएका मतदाताहरू घर आउने क्रम बढेको थियो । 'निर्वाचनकै लागि…
मतदान केन्द्र टाढा हुँदा दुई वटा गाँउका मतदातालाई समस्या
हिमाली गाउँपालिका-३ गुम्बाका स्थानीयवासीहरूले विगतदेखि नै भोट दिनबाट समस्या भोग्दै आएका छन् । सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका-३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन हिँड्नु पर्ने स्थानीयले गुनासो गरेका छन् । साविक विच्छाया गाविसका लाम्पाटा र गुम्बा गाउँमा २६ घरपरिवार बसोबास गर्दै आएका…
निर्वाचनको विरोधमा विप्लव माओवादीको प्रदर्शन
संसदीय व्यवस्था र स्थानीय निर्वाचन खारेजीको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले वैशाख १२ गते काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । 'शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौँ' भन्ने नाराका साथ आयोजित उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीको उपत्यका व्यूरो इञ्चार्ज…
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता
रामेछापमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले वैशाख १२ गते आयोजना गरेको कार्याक्रममा जिल्लाका राजनीतिक दलहरूले सो प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति रामेछापका अध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्लाका राजनीतिक…
स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत
निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ । आयोगद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिन्ह प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन…
कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका 'साइनबोर्ड' फालियो
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड, यसैगरी स्वर्गद्वारी नपा-३ मा रहेको कार्यालयको बोर्ड र माण्डवी गाँउपलिका-३ मा रहेको कार्यालयको बोर्ड पनि वैशाख १० गते राति सो…
माओवादी केन्द्रबाट आचारसंहिता उल्लङ्घन भएको काङ्ग्रेस र एमालेको आरोप
रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता उलङ्घन भएको भन्दै उनीहरूले वैशाख १० गते मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको विभिन्न स्थानमा आफ्नो पार्टीलाई भोट हाल्न भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बिजुलीका पोल लगेको…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा दलहरू प्रतिबद्ध
डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समितिको पहलमा वैशाख १० गते राजनीतिक दलका नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहको निर्वाचनमा बालबालिकाहरू प्रयोग नगर्न राजनितिक दलहरूलाई आग्रह गरिएपछि दलहरूका तर्फबाट बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता…