वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा
बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा राखेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विथोल्न खोजेको आरोपमा खड्कालाई वैशाख १८ गते प्रहरीले आठविसकोट नपा-१ बाट गिरफ्तार गरेको थियो । बालकलाई सार्वजनिक अपराधको…
स्थानीय तह निर्वाचनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न
दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम वैशाख २६ गते तानसेनमा सम्पन्न भएको छ । इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले निर्वाचनको सुरक्षा तयारी…
१० जना मेयरका उम्मेदवार एउटै मञ्चमा
स्थानीय तहको निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूबिच 'ककस' कार्यक्रम कास्कीमा वैशाख २६ गते सम्पन्न भएको छ । पोखरा जेसिज, लेडी जेसिज र लेखनाथ जेसिजसँग सहकार्य गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा मेयर पदका १० जना र उपमेयर पदका एक जना गरी ११ जना उम्मेदवारहरूको सहभागिता…
चुनावमा धम्की दिएको आरोपमा कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले वैशाख २५ गते नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका दुई जना नेतालाई गिरफ्तार गरेको छ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ढोरपाटन नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हरि कुँवर र वडिगाड गाउँपालिका घर भएका सोही पार्टीका जिल्ला…
सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना
प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको राससले जनाएको छ । निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले आफ्ना नियमित नौ…
मन्त्रीकै उपस्थितिमा मतदातालाई पैसा बाँडेको आरोप
निर्वाचन आचारसंहिता विपरित काङ्ग्रेसको सभामा भाषण गर्दै काङ्ग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शङ्कर भण्डारीले आफ्नै उपस्थितिमा वैशाख २५ गते भानु नगरपालिका-१ सालबिस्नेमा मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै स्थानीयले विरोध गरेका छन् । पैसा बाँडिएको खबर थाहा…
आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घण्टे स्पष्टीकरण सोधेको राससले जनाएको छ । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको सिलसिलामा एमाले उम्मेदवारले वैशाख २५ गते तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवम् दल र…
धादिङमा एमाले र माओवादीबिच झडप, पाँच घाइते
नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच गजुरी गाउँपालिका-८ चैनपुरमा वैशाख २५ गते दिउँसो झडप भएको छ । निर्वाचन प्रचार प्रसारमा सो ठाउँमा पुगेका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको हो । [caption id="attachment_4840" align="aligncenter" width="352"] घाइते ६० वर्षीय मायानाथ अधिकारी[/caption] झडपमा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा…
निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै प्रशासन कार्यालय घेराउ
नेपाली काङ्ग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै सूर्यगढी गाउँपालिकाका नेकपा एमाले कार्यकर्ताहरूले वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा एमाले कार्यकर्ताले तीन घण्टा धर्ना दिएका थिए । सूर्यगढी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार सन्तबहादर तामाङले डिभिजन खानेपानी कार्यालयबाट पाइप लगेर वितरण गर्न…
दार्चुलामा आचारसंहिता उल्लङ्घनका तीन ओटा उजुरी दर्ता
मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार हालसम्म आचारसंहिता उल्लङ्घनका तीन ओटा घटना लिखित रूपमै दर्ता भएका छन् । कार्यालयका अनुसार आचारसंहिता लागु भइसकेपछि जिल्ला अस्पताल दार्चुलाले बर्थिङ सेन्टरको लागि चार जना अनमी करारमा भर्ना गरेको, विद्यालयहरूमा राजनीतिक दलहरूले कार्यक्रम गरेको उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले विभिन्न…