राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई चैत ११ गते प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेके राससले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका-संसद्को यही चैत ७ गतेको वैठकबाट पारित भई प्रमाणीकरणका…
निर्वाचन पर्यवेक्षकलाई सहयोगी भूमिका खेल्न आयोगको आग्रह
निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिलाई स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेको राससले जनाएको छ । ‘स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षण निर्देशिका’ बारे पर्यवेक्षण गर्दै आएका सरोकार भएका संस्थासँगको अन्तर्क्रियामा निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले विगतको अनुभवलाई आधार मानेर स्थानीय…
आचारसंहिता पालना गर्न आयोगको आग्रह
निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको राससले जनाएको छ । आयोगको फागुन २२ गते बसेको बैठकले निर्वाचन प्रचार-प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । साथै आयोगले मन्त्रीहरूलाई सरकारी कामको…
निर्वाचनको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको राससले जनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले फागुन १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई आगामी २०७४ माघ ७…
स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता
निर्वाचन आयोगले अगामी वैशाख ३१ गते तय गरिएको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता, २०७३ जारी गरेको छ । आयोगले फागुन १८ गते एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्री, कर्मचारी, सार्वजानिक पद धारण गरेका व्यक्ति, राजनीतिक दल, गैरसरकारी संस्थालगायतलाई आजैबाट लागु हुने गरी र उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएपछि…
निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दल तथा बालिग नागरिकलाई अपिल गरेका छन् । देशबासीका नाममा फागुन १७ गते सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते तय गरिएको निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबै राजनीतिक दल र बालिग नागरिकलाई अपिल गरेका हुन् । प्रधानमन्त्री दाहालले सरकार…
संविधानको कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न
इन्सेक तेह्रथुमको आयोजनामा फागुन १३ गते संविधान कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै नेपाल बार एसोसिएशनका निवर्तमान उपाध्यक्ष एवम् इन्सेकका कार्यसमितिका पुर्व सदस्य टिकाराम भट्टराईले नागरिकका अधिकार प्राप्तिका लागि ०७४ साल माघ ७ गते सम्ममा तिनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए ।…
तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्चको ध्यानाकर्षण
सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको राससले जनाएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो ध्यानाकर्षण गराएको हो । स्थानीय तहको पुनःसंरचना नहुन्जेलसम्म स्थानीय निकायको निर्वाचन र…
स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजानिक
निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार २०७४ वैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता, वैशाख १७ गते उम्मेदवारीविरुद्धको उजुरीका लागि समय तोकिएको आयोगद्वारा फागुन ११ गते जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सबै कार्यहरू गाउँपालिका र…
सरकारद्वारा वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा
सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको राससले जनाएको छ । फागुन ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार…