निर्वाचन एकै चरणमा सम्पन्न हुन्छः आयुक्त शाह

निर्वाचन आयुक्त सुधीरकुमार शाहले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने बताएका छन् । वीरेन्द्रनगरमा चैत २९ गते सम्पन्न मध्यपश्चिमाञ्चलका स्तरीय निर्वाचन अधिकृतहरूका लागि निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षण कार्याक्रमको समापनमा बोल्दै शाहले सो कुरा बताएका हुन । आयुक्त शाहले थप सुरक्षा परिचालन गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गराउने तयारी…

०७३ चैत २९ गते  
गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा गाड्दै !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २७ गते विभिन्न गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा टाँगेको छ । सो पार्टीका कार्यकर्ताले केही कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेपाल…

०७३ चैत २८ गते  
निर्वाचन प्रचारप्रसारमा बालबालिका र विद्यालयको प्रयोग नगर्न नागरिक समाजको आग्रह

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा बालबालिका तथा विद्यालयको प्रयोग नगर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका पर्वतमा क्रियाशील नागरिक सङ्घ, सङ्गठनहरूले निमित्त प्रमुख जिल्ला अधिकारी प्रविण ढकालको ध्यानाकर्षण गराएका छन् । निर्वाचनका क्रममा विभिन्न पार्टीले आयोजना गर्ने सभा, जुलुस तथा चुनाव प्रचार प्रसारका लागि…

०७३ चैत २७ गते  
मतदाता सामग्री आजदेखि जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु गरेको राससले जनाएको छ । आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जबाफ,  हातेपुस्तिका,  स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले…

०७३ चैत २६ गते  
निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यकः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन आयोग तयारीका हिसाबले दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिएको राससले जनाएको छ । स्थानीय…

०७३ चैत २६ गते  
मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको राससले जनाएको छ । आयोगको चैत २३ गते बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता…

०७३ चैत २३ गते  
निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्न ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान र मानव अधिकार सञ्जाल नेपालगञ्जले चैत २२ गते स्थानीय तहको निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोग नगर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् । निर्वाचन कार्यालय, जिल्ला शिक्षा कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आआफ्नो तहबाट अनुगमन र सम्बन्धित पक्षलाई ध्यानाकर्षण सहितको…

०७३ चैत २२ गते  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत डा. टिकाराम पोखरेल, मानव अधिकार अधिकृत घनश्याम भण्डारी, उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेलगायतको टोलीले चैत २१ गते कालिकोट जिल्लामा…

०७३ चैत २१ गते  
मतदाता नामावली स्वीकृतः आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको राससले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र…

०७३ चैत २० गते  
एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति चैत १५ गते निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको राससले जनाएको छ । पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घन भएका घटनाहरू बारे जानकारी गराउँदै त्यस विषयमा…

०७३ चैत १६ गते