विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीद्वारा आयोजित चुनाव विरोधी सभामा प्रहरीको हस्तक्षेप
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीय तहको निर्वाचनको बहिष्कार गरौँ भन्ने आह्वानका साथ सो पार्टीले बुटवलमा आयोजना गरेको लुम्बिनी ब्युरो एकीकृत जनजागरण तथा प्रतिरोध सभामा प्रहरीले हस्तक्षेप गरेको हो । बुटवलको ट्राफिक चोकमा सभा सुरु हुँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको…
प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुतला दहन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जुम्लाले वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नु अराजनैतिक र असंवैधानिक कार्य भएको आरोप लगाउँदै राप्रपा जुम्लाले प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुत्ला जलाएको हो । निर्वाचन…
मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आसन्न निर्वाचन बहिष्कारको आह्वान गर्दै वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गरेका छन् । मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वमा पुगेको टोलीले एक घण्टा नाराबाजी गर्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् । सो अवसरमा मोर्चाका कार्यकर्ताहरूले स्थानीय निर्वाचन बहिष्कार गरौँ, निर्वाचन कार्यक्रम बन्द गर लगायतका नारा…
मोर्चाद्वारा सडक छेकेर निर्वाचन कार्यालयमा धर्ना
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले वैशाख ३ गते राजविराज नपा-८ स्थित सडक छेकेर जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ । मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने भन्दै मोर्चाका नेता, कार्यकर्ताहरूले बिहान १० बजेदेखि ४ बजेसम्म सडकमा पाल टाँगेर निर्वाचन कार्यालय घेराउ गरी धर्ना दिएका हुन्…
निर्वाचनको ८० प्रतिशत तयारी पूरा भइसक्यो–प्रमुख आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गरिएको राससले जनाएको छ । नयाँ वर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनको…
निर्वाचनको माहोल राम्रो बन्दै आएको प्रमुख निर्वाचन आयुक्तको भनाइ
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राजनीतिक स्थिति विस्तारै अनुकूल बन्दै आएकाले निर्वाचनको माहोलसमेत राम्रो बनिरहेको अवस्थामा मधेसी मोर्चालेसमेत निर्वाचनमा भाग लिने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा चैत ३१ गते सञ्चालन गरेको निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा उनले खासखास जिल्लामा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भएपनि उनीहरूले दल दर्ता र…
निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा कार्यक्रम
स्थानीय तह निर्वाचन नजिकँदै गर्दा सदरमुकाममै आचारसंहिता विपरीत नेपाली कङ्ग्रेसले विद्यालय भित्रै कार्यक्रम सञ्चालन गरेको छ । नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ उच्च माविमा चैत ३१ गते विद्यालयमा नेपाली कङ्ग्रेसले पार्टीको झण्डा राखेर कार्यक्रम आयोजना गरेको हो । विद्यालय भित्रै झण्डा, व्यानर, निर्वाचन चिन्हसमेत राखेर विद्यालय भित्रै आयोजित कार्यक्रममा नेपाली कङ्ग्रेसका…
निर्वाचन विथोल्ने चेतावनीसहित मधेसी मोर्चाद्वारा प्रदर्शन
सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३१ गते राजविराजसहित विभिन्न शहरमा विरोध प्रदर्शन गरेको छ । संविधान संशोधनको नयाँ विधेयकले मोर्चा र गठबन्धनले उठाएका माग सम्बोधन नगरेको भन्दै मोर्चाले मुद्दा सम्बोधन गराउन आन्दोलनलाई निरन्तरता दिएको जनाउँदै…
निर्धक्क भएर लाग्न मतदान अधिकृतलाई निर्वाचन आयुक्तद्वारा आग्रह
निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराई मधेस सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले काम अगाडि बढाएको बताएका छन । निर्वाचन आयोगले विराटनगरमा चैत ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय गोष्ठिमा उनले निर्वाचनका लागि सरकारले सबैतिर सुरक्षा व्यवस्था मिलाइएकाले निर्वाध रूपमा आ-आफ्नो मतदान…
सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्तः निर्वाचन आयोग
स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चैत २९ गते सिरहा र सप्तरीबाटसमेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको राससले जनाएको छ । आयोगका अनुसार सिरहामा २ सय १८ र सप्तरीमा २ सय ९२ मतदानस्थल…