बाजुराको बुढीगङ्गामा पुनः मतदान हुने
गत वैशाख ३० गते भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबिच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले जेठ १२ गते एक विज्ञप्ति जारी गरी सो नगरपालिकामा पुन: मतदान गर्ने जनाएको हो । विज्ञप्तिमा मतदान गर्ने मिति र समय भने…
नेपाली कांग्रेसको वडा पार्टी कार्यालय तोडफोड
भरतपुर महानगरपालिका वडा नं. ४ को नेपाली कांग्रेस पार्टी कार्यलयमा ०७९ जेठ ७ गते राती तोडफोड भएको छ । अज्ञात पक्षले गरेको तोडफोबाट कार्यालय भित्रको कुर्ची र टेवलमा क्षति पुगेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । नेपाली कांग्रेस जिल्ला समितिले घटनामा संलग्नको खोजी गरी कारबाही गर्न प्रहरी प्रशासनसँग…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको आरोपमा गिरफ्तार हुनेमा सोही ठाउँका २४ वर्षीय पिथिन्द्र शाही, २२ वर्षीय बबर शाही, २६ वर्षीय मोहनजङ्ग शाही, २४ वर्षीय कालिबहादुर…
भोट नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
सहीदभूमि गाउँपालिका–६ सुके आहालकी ४६ वर्षीया बच्चीमाया राईलाई भोट नदिएको आरोपमा कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध पीडितले जेठ ७ गते प्रहरीमा उजुरी दिनु भएको छ । नेकपा एमालेका उम्मेदवारलाई भोट मत नदिएको भन्दै जेठ ६ गते कुटपिट गरेको आरोपमा पीडितले सहीदभूमी गाउँपालिका–६ का नेकपा एमालेका कार्यकर्ता ४१ वर्षीया चन्द्रकुमारी राई, ४५…
मोरङमा मतगणना सुरू, झापामा अनिश्चित
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार रङ्गेली नगरपालिका–७ स्थित जनता क्याम्पसमा वडा–७ को ३ हजार ४ सय ४२ मत खसेकोमा मतगणना क्रममा ९९ मत बढी फेलापरेपछि उत्पन्न भएको विवादका कारण जेठ ६ गतेदेखि रोकिएको गणना जेठ ७ गते साँझपछि सुरू भएको छ । झापाको गौरादह नगरपालिकामा विवादका कारण जेठ ६ गतेदेखि…
एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते
वीरगञ्ज महानगरपालिका वडा नं. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । घाइतेमध्ये अधिकांशको…
बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना
सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार) को नाममा सामाजिक सञ्जालमा अभियान चलाउँदै बालुवाटार अगाडि भेला भएर धर्ना दिएका हुन् । धर्नामा सहभागी हरूले बलात्कारमा संलग्न दोषीलाई…
एमालेका कार्यकर्ता माथि आक्रमण
मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ ५ गते साँझ विजय जुलुस गरेर स्थानीयलाई घर घर पठाने काममा खटेका एमाले कार्यकर्ता तथा एमालेबाट निर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका परिवारका सदस्यलाई एमाले वडा कार्यालयमा…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको गणना नै छुटेको पाइएको हो । यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ । शाहीको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो । मतगणना स्थलबाहिर बसिरहेको बेला वैशाख ३१ गते गठबन्धन पक्षको…