कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय १३ जना निको…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार २ सय २१ जनाले मतदान गरेको निर्वाचन अधिकृत कुमार मास्केले बताउनु भयो । निर्वाचन अधिकृत मास्केका अनुसार ७ सय ८३…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय सहीदभूमिले ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नं. वडा कार्यालयको तीन मतदान केन्द्रमा जेठ २…
वडा अध्यक्षमा पराजित भएपछि असहयोग गरेको आरोपमा महिला माथि कुटपिट
शिवराज नगरपालिका–१ की ३५ वर्षीया आशा थारुलाई आफूलाई असयोग गरेको भन्दै राप्रपा तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवराज नगरपालिका –१ का ३० वर्षीय राहुल थारुले वैशाख ३१ गते राती कुटपिट गरेका छन् । निर्वाचनमा पराजित भएपछि नेकपा एमालेलाई जिताउन समर्थन गरेको भन्दै कुटपिट गर्दा टाउको, आँखा लगायत शरिरका विभिन्न भागमा…
स्थगित निर्वाचन कडा सुरक्षाका बीच सम्पन्न
जयपृथ्वी नगरपालिका–७ को सुनिपिपल चौर मावि मतदानस्थलमा स्थगित भएको मतदान कार्य जेठ १ गते नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच सम्पन्न भएको छ । वैशाख ३० गते मतदान स्थलमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबिच विबाद उत्पन्न भएपछि मतदान कार्य स्थगित भएको थियो ।…
स्थगित मतदान सम्पन्न, महिला सहभागिता बढी
कुटपिट र विवादपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको २ ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । मतदानस्थल क्षेत्रको सुरक्षामा ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरियो । नेपाली सेनाको गाडीले समेत टाढाबाट गस्ती गरिरहेको छ । राजविराजबाट…
खार्पुनाथको मतगणना स्थलमा झडप तीन जना घाइते
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलमा वैशाख ३१ गते झडप हुदाँ तीन जना घाइते भएका छन् । झडपमा खार्पुनाथ गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाही, सोही ठाउँका ३५ वर्षीय मन्दिरसिंह एडी र १८ वर्षीय नविन ऐडी घाइते भएका हुन । घाइते तीनैजनालाई जिल्ला अस्पताल हुम्लामा उपचारका लागि ल्याइएको आफन्त सागर शाहीले जानकारी…
स्थगित भएका मतदान सम्पन्न, रोकिएका मतगणना सुचारु
जुम्ला जिल्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटस्थित शंकर मावि मतदानस्थलमा जेठ १ गते शान्तिपूर्ण वातावरणमा पुनः मतदान सम्पन्न भएको इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले जनाउनु भएको छ । वैशाख ३० गते मतदान स्थलमा नेपाली काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान कार्य स्थगित भएको थियो । प्रमुख जिल्ला…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १ गते)
जेठ १ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय ४ जना निको…
उदयपुरमा मृतक परिवारसँग सात बुँदे सहमति, मोरङ, सुनसरी र सङ्गखुवासभामा मतगणना स्थगित
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार निर्वाचन सम्पन्न भएको तीन दिनपछि कटारी नगरपालिका–१० सोरूङछविसेस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका कटारी ल्याइएको छ । निर्वाचनका दिन मतपेटिका असुरक्षित हुने भन्दै प्रहरीले सुरक्षाका लागि गोली चलाउँदा कटारी नगरपालिका–१० का १९ वर्षीय नविन भनिने वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो । मृत्युपछि स्थानीयले…