खार्पुनाथमा देखा पर्यो ठेउलाजस्तै रोग
खार्पुनाथ गाउँपालिका–३ को राया गाउँमा ठेउला रोगका लक्षणसँग मिल्ने रोग देखा परेको छ । यहाँका करिब २५ जना बालबालिकाको शरीरमा फोका उठ्ने र पाक्ने जस्ता लक्षण देखिएको हो । ठेउला रोगसँग मिल्दोजुल्दो रोगका बिरामी देखा परेपनि स्थानीय स्वास्थ्यचौकीमा रोग नियन्त्रणको कुनै व्यवस्था नभएको स्थानीय सुर्य बुढाले गुनासो गर्नु भएको छ…
वार्षिक कार्यक्रम समीक्षा बैठक सुरु
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा असार १४ गते चितवनको सौरहामा केन्द्रीय वार्षिक समीक्षा बैठक सुरु भएको छ । दुई दिने कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको मूल्याङ्कन आफैँले गर्ने र यसको साख जोगाइनु पर्ने बताउनु भयो । डाक्टर श्रेष्ठले अधिकार प्राप्तिका लागि गरेको अभियानबाट धेरै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ बरगाछीस्थित कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक ३६ वर्षीय गुनानन्द महतोलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कान्तिपुर…
कानुनी प्रकृयामा जान हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसाबाट पीडित पलाँता गाउँपालिका–४ की २० वर्षीया इश्वरा बुढालाई कानुनी प्रकृयामा जान इन्सेकले असार १३ गते सहयोग गरेको छ । २२ वर्षीय पति श्रृष्ठराज बुढाले अर्काे विवाह गरेर कुटपिट गरी घरनिकाला गरेको र कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै पीडितले इन्सेकले गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि निवेदन दिएपछि…
बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–११ जैमार भिरमुनिका ४५ वर्षीय रमेश नेपालीलाई जन्म कैदसहित ६ लाख रूपियाँ जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको असार १३ गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडितले पाउने गरी ५० हजार रूपियाँ पीडितलाई…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
नलगाड नपा–१ चिउरी निवासी ४२ वर्षीया भगवती शाहीको हत्या भएको घटनाका आरोपित ४५ वर्षीय पति लेकबहादुर नेपालीलाई प्रहरीले ०७९ असार १३ गते गिरफ्तार गरेको छ । घटना भएको एक हप्तापछि उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । चिउरीको जङ्गलमा एक महिलाको शव सडेको अवस्थामा रहेको स्थानीय गाँउलेले खवर गरेपछि…
बर्खे भेल बढेपछि पठनपाठन प्रभावित
बर्खा लागेसँगै खारखोलाको बाढीले पैदल हिँड्ने पहुँचमार्ग बगाएपछि पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरु असार १२ र १३ गते खारखोलाको बर्खे भेल तरेर जोखिमका साथ विद्यालय जान बाध्य छन् । वर्षातका कारण खारखोला बढेपछि असार १२ गते २ सय ५० मध्ये खोलावारीका १ सय…
कर्मचारी आन्दोलनका कारण अस्पतालको ओपिडी बन्द हुँदा सेवाग्राही मर्कामा
पोखरा महानगरपालिका–११ स्थित मणिपाल शिक्षण अस्पतालमा कर्मचारी युनियन समन्वय समिति मार्फत नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीनिकट कर्मचारी सङ्गठनले गरेको आन्दोलनका कारण २५ दिनदेखि अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ । अस्पतालमा बिहान साढे ८ बजेदेखि सुरु हुने ओपिडी सेवा लामो समय बन्द हुँदा कास्कीसहित गण्डकी प्रदेशका अन्य जिल्लाहरूबाट उपचारका…
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा अधिकार र पहुँच विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक), डिडा नेपाल र आइएनएफको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा अधिकार र पहुँच सेवाग्राही तथा सेवा प्रदायकबिच अन्तरक्रिया असार १३ गते पोखरामा सम्पन्न गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले अपाङ्गता भएका ब्यक्तिहरुको समस्या सम्बोधन गर्न सदैव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ३० वर्षीय शम्भु मण्डललाई असार १२ गते गिरफ्तार गरेको छ । घटनापछि 'फरार' रहेका आरोपित घर आएको सूचनाका आधारमा खोज प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पाँच महिनापछि घर फर्केका आरोपितले पीडितलाई पुनः बलात्कार प्रयास गरेको…