पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

नेपाल पत्रकार महासङ्घले रेडियो 'मिर्मिरे'का पत्रकार सुदीप बर्देवामाथि समाचार सङ्कलनका क्रममा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीद्वारा असोज ५ गते भएको हातपात र नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर…

राजनीतिक अस्त्र र लाभका लागि विद्यालय प्रयोग नगर्न सरोकारवालाहरूको जोड

काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले कुनै पनि दल वा सङ्गठनले राजनीतिक अस्त्र र लाभका लागि विद्यालय र बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । विद्यालयमा बमकाण्डविरूद्ध नागरिक समाजका सञ्जालहरूको साझा पहल-२०७३ को आयोजनामा काठमाडौँमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरा बताएका हुन् । काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया बृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय एक व्यक्तिलाई असोज ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ बलात्कार गरेको आरोपमा पीडित स्वयम्ले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले…

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घ्याल्चोक-५ का २० वर्षीय सुलस गुरुङविरुद्घ पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलालाई गत भदौ २३ गते गुरुङले बलात्कार गरेको आरोपमा प्रहरीमा असोज ४ गते उजुरी दिएको पीडितले बताइन् । आरोपित गुरुङ फरार भएकाले खोजि कार्य तीव्र…

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईँदै

'दिगो शान्तिः राष्ट्र निर्माणको आधार' भन्ने मूल नाराका साथ असोज ५ गते ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस देशका विभिन्न जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाईंदैछ । इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार विभिन्न संस्थाहरूको संयुक्त आयोजना तथा शान्ति समिति कैलालीको संयोजनमा बिहान शान्ति पदयात्रा गरिएको छ । र्‍यालीको समापनसँगै आयोजित कोणसभामा विभिन्न…

विवाद मिलाउन आएका प्रहरीद्वारा स्थानीयलाई कुटपिट

झगडा मिलाउन आएका प्रहरीले गोरखा नगरपालिका-११ स्थित अवुँवामा ७१ वर्षीय थमनसिंह बस्नेत र सनकरिया-६, पर्साका ४५ वर्षीय प्रकाश चौधरीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । गम्भिर घाइते वस्नेतलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँको टिचिङ अस्प्ताल रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अनुहारमा चोट लागेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दिक्तेल नपा-५ का ३५ वर्षीय कुमार खत्रीलाई प्रहरीले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकै आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

हनुमाननगर योगिनियामाई नपा-९ इनर्वाकी ५० वर्षीया मन्जुदेवी देवलाई कथित बोक्सीको आरोपमा अमानवीयय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय परमानन्द मण्डल र उनका भाइ ३५ वर्षीय प्रमोद मण्डललाई असोज ४ गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतबाट खटिएको विशेष अभियान टोलीले कैद सजाय पाई फरार रहेका आरोपितहरूलाई गिरफ्तार…

अर्धवार्षिक परीक्षासम्म पनि विद्यार्थीले किताब पाएनन्

इलामको देऊमाई नगरपालिकास्थित भगवती उच्च माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले अहिलेसम्म पुरै किताब पाएका छैनन् । असोज ५ गतेबाट अर्धवार्षिक परीक्षा सुरु हुने भएपनि हालसम्म पुस्तक नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । समयमा नै पुस्तक दिनका लागि पटकपटक विद्यालयलाई ध्यानाकर्षण गराउँदा पनि विद्यालयले 'अभाव छ…