जिल्लास्तरीय बालभेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत २६ ओटा संस्थाहरूको आर्थिक सहयोगमा भएको काभ्रे जिल्लास्तरीय बाल भेला १६ बुँदे घोषणापत्र जारी गर्दै असोज १२ गते सकिएको छ । असोज १० देखि १२ गतेसम्म धुलिखेलमा आयोजित भेलाले रञ्जन पौडेलको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमितिको चयनसमेत गरेको छ । भेलामा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने २५ वर्षीय विपिन गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित पर्यटक महिलालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असोज ६ गते उजुरी दिएकी थिइन्…
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार
एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर…
बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भैंसे गाविस-२ का ६३ वर्षीय अर्जुन भनिने भक्तबहादुर रानामगरलाई जिल्ला अदालत मकवानपुरले ११ वर्षकैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडित बालिकालाई पीडकबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको असोज १२ गते बसेको इजलासले…
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसमा दीप प्रज्वलन
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा असोज १२ गते काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । सेप्टेम्बर २८ का दिन विश्वभर यस दिवस मनाइरहेको यो दिवस नेपालमा पनि विभिन्न सङ्घसंस्था मिलेर "हाम्रो चाहनाः असुरक्षित गर्भपतनबाट महिलाहरूको मुक्तिको कामना" भन्ने मूल नारका साथ दीप प्रज्वलन गरी मनाइएको हो । माइतीघर मण्डलामा आयोजित…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उमनपा-१० की अम्बिका विष्टको उजुरीका आधारमा ३८ वर्षीय पति रामकुमार क्षेत्री र हेटौँडा उमनपा-४ की ३५ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ३ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा पति रामकुमारले आशासँग बहुविवाह गरेको आरोपमा उजुरी गरेपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको…
महान्यायाधिवक्ता कार्यालय र इन्सेक टोलीद्वारा कारागार अनुगमन
महान्यायाधिवक्ताको कार्यालय, इन्सेक, जिल्ला बार इकाई, नेपाल पत्रकार महासङ्घसहितको एक टोलीले असोज १२ गते जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको अनुगमन गरेको छ । महान्याधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना, सह न्यायाधिवक्ता खेमराज ज्ञवाली, उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल, सहायक जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्की, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार…
बहुविवाहका आरोपितहरू गिरफ्तार
कोबर्साइन गाविस–३ की २३ वर्षीया दाइवती मलाहा मुखियाले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय शम्भु मुखिया र कान्छी पत्नी २२ वर्षीया रिन्कु मुखियालाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । आरोपित शम्भुले भारत विहारको सुपौल मैन्ही गाउँकी रिन्कुसँग ०७३ भदौ २९ गते दोस्रो विवाह गरी…
बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा
बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले सहितको टोलीले असोज ११ गते प्रभावित गाउँहरूमा पुगी शिक्षा, स्वास्थ्य, शौचालय,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस–६ का ४३ वर्षीय विज्ञान राईलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्त्रानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…