द्वन्द्व पीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाको भनाइ
द्वन्द्वपीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाहरूले बताएका छन् । शान्ति सम्झौता भएको १० वर्ष पूरा भएको सन्दर्भमा जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्त रूपमा मङ्सिर ५ गते रिपोर्टस क्लबमा आयोजना गरेको ‘शान्ति सम्झौताको दश वर्ष ’ विषयक पत्रकार सम्मेलनमा सरोकारवालाहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा…
काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक
काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले र्सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन पारेर मन्त्रालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालमा बालबालिकाको स्थिति-२०७३ प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा बाल अधिकारका अन्य क्षेत्रमा केही…
मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् । आयोग, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कोशिसलगायतका संस्थाले मङ्सिर ५ गतेदेखि ललितपुरमा आयोजना गरेको मानसिक स्वास्थ्य र मानव अधिकार विषयक पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिममा अध्यक्ष…
साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार
परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र उनकी पत्नी माता कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । २० वर्षीय जेठो छोरा विरबहादुर, माइली छोरी अञ्जना र कान्छो…
बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो
सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाकक्षमा पुरस्कार वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालिका दौड प्रतियोगिता, निबन्ध प्रतियोगिता, नाटक प्रतियोगिताका विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको…
बाल विवाह बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर ओलीले जिल्लामा बाल विवाहको अवस्था ५७ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए । यो तथ्याङ्क प्रत्येक वर्षबढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै…
जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर
जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरू बाल मैत्री हुन नसक्नुलगायतका कारणले ६ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिरै रहेको उनीहरूले बताएका हुन् । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा जुम्लाको बालअधिकार अवस्थाका…
आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार
नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै नागरिकता माग गरेकी एक महिलालाई चार महिनादेखि झुलाइरहेको खुलेको छ । 'मेरो वंशज आमा हो । बाबु थाहा छैन । संविधानमा पनि आमाको नामबाट नागरिकता दिन मिल्छ भनेर लेखिएको छ…
सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा
स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा भएको सिटामोल पनि अब सकिन लागेकाले त्यसको पनि अभाव हुने देखिएको स्थानीयबासी अज थापाले जानकारी दिए । 'पहिला पहिला आएका बिरामीलाई अलिकति सिटामोल दिएर फर्काउने गरेको थिए । अब…
बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस
जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको भारी सहित मार्तडी पुगेका हुन् । गुयाल बडिमालिका नगरपालिका स्थित सत्यवादी मावि भौनेरामा कक्षा-४ मा अध्यान गरिरहेको बताए । अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा विद्यालयमा पढाइ नहुने थाहा पाएपछि सुन्तला विक्रीका…