इन्सेकको पहलमा दैवी प्रकोप पीडितलाई सहयोग प्रदान

इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । फाक्तेप गाविस-१ स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत भीमराज चेम्जोङको संयोजनमा १ सय नौ जना नेपालीहरूवाट सङ्कलित उक्त रकम २०७२/०७३ मा आगलागीबाट पीडित भएका परिवारका सदस्यलाई प्रदान गरिएको…

अन्तरजातीय विवाह गरेको आरोपमा सामाजिक बहिस्कार

नेपालमा कानुनी रूपमा जातिय विभेद भएको ५० वर्षबितिसक्यो । कुनै पनि मानिसलाई जात, धर्म, वर्ण, लिङ्ग र समुदायको आधारमा भेदभाव गर्नु कानुनी रूपमा अपराध हो । तर, अहिले पनि समाजमा जानि नजानि कनुनी रूपमा बर्जित भेदभावका कार्य भइरहेको छ । अन्तरजातीय विवाह गर्ने मात्र हैन उनीहरूको परिवारसमेत त्यसको शिकार भइरहेका…

दलित समुदायको अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकसमक्ष अनुरोध

मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध गरेका छन् । बडादसैँका अवसरमा उक्त क्षेत्रमा रहेको श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैर दलितहरूले…

नौ वर्षीय बालक मृत अवस्थामा फेला 

बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ । पीडित बालकको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको, शरीरमा नीलडाम र मुखबाट फिज निस्केको हुनाले उनलाई कसैले मारेर फालेको हुनसक्ने पर्सा प्रहरीले जनाएको छ । पीडितको शव फेला…

माओवादीका कार्यकर्ताद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप

महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा कानुनी प्रक्रिया नपुर्‍याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट…

कमलरीलाई तत्काल उद्धार गर्न सरकारसँग माग

पूर्व कमलरीहरूले दाङलगायत पश्चिम नेपालका पाँच जिल्लामा अझै पनि २ सय ९५ जना बालिका दासका रूपमा कमलरी बस्न बाध्य भएको उल्लेख गर्दै तत्काल उद्धारका लागि असोज २० गते सरकारसँग माग गरेका छन् ।   पूर्व कमलरीहरूको सङ्गठन मुक्त कमलरी विकास मञ्चको दोस्रो राष्ट्रिय अधिवेशनले दाङ घोषणापत्र जारी गर्दै लुकिछिपी राखिएका…

साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु

सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो समयदेखि साङ्लोमा बाँधेर राखेको थियो । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, राष्ट्रिय मानव अधिकार आयोग, कोकनलगायतका संस्थाको संयुक्त पहलमा विगत चार…

टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनको आग्रह

छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई उन्मुक्ति नदिन भूतपूर्व प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ । वर्तमान सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुर घटना राजनीतिक घटना भएको र टिकापुर घटनामा गिरफ्तारीमा परेका आरोपितहरूलाई रिहा…

बारेकोट क्षेत्रमा खाद्यान्न अभाव, दसैँ मनाउन कठिन हुने उपभोक्ताको गुनासो

नजिकै आइरहेको दसैँको समयमा बारेकोट क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको स्थानीयबासीले गुनासो गरेका छन् । नायकवाडा गाविसस्थित खाद्य संस्थानको डिपो कार्यालयमा चामल लिन पुगेका नायकवाडा गाविसका स्थानीयबासी लोकबहादुर सिंहले डिपोमा चामल नभएपछि खाली हात फर्किनु परेको बताएका छन् । नेपाल…

गुणस्तरयुक्त आहाराको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । बालबालिबालाई कुपोषित हुनबाट बचाउन राज्यले अघि सारेको नीति अनुरुप बालबालिकाले गुणस्तरयुक्त आहारा पाउन नसक्दा कुपोषित बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो । कुपोषित बालबालिकाहरूको क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरकारी कार्यालय तथा गैरसरकारी…