बहुविवाह गरेको ठहरमा एक वर्षकैदको फैसला

दुल्लु नपा-८ की ३१ वर्षीया सकुन्तला आचार्यले बहुविवाह गरेको आरोपमा २८ वर्षीय पति तिलक आचार्यविरुद्ध दर्ता गरेको बहुविवाह मुद्दामा अदालतले १ वर्षकैद र ५ हजार रुपिँया जरिबानाको फैसला गरेको छ । पीडित सकुन्तलाले पति तिलकले बागलुङ तमान गाविस-४ की कल्पना सिर्पालीसँग बहुविवाह गरेको आरोपमा वैशाख २० गते प्रहरीमा उजुरी दिएकी…

बहुविवाह गरेको आरोपमा उजुरी

गोलबजार नपा-२ की २८ वर्षीया सुनिता पासवानले ३२ वर्षीय पति ध्यानी पासवानले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी छन् । पीडितका अनुसार ध्यानीले २७ वर्षीया गौरी सदायसँग भदौ १३ गते बहुविवाह गरेको थाहा पाएपछि कारबाहीको माग गर्दै उजुरी गरेको बताइन् । इलाका प्रहरी कार्यालय…

पुनरावेदन अदालतद्वारा ध्वनि प्रदुषण नियन्त्रण गर्न निर्देशनात्मक आदेश

पुनरावेदन अदालत नेपालगञ्जले ध्वनी प्रदूषणसम्बन्धी निषेधाज्ञा परमादेश मुद्दामा ध्वनि प्रदूषणको नियन्त्रणको कार्यलाई परिणमामूखि र प्रभावकारी बनाउन विपक्षीहरू नेपालगञ्ज नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयका नाममा भदौ १६ गते निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र इन्सेकका प्रतिनिधि विनोद पाण्डेद्वारा संयुक्त…

प्रहरीको लाठीजार्चबाट चारजना प्रदर्शनकारी घाइते

'म राष्ट्रभक्त हुँ' भन्ने एक समूहले भदौ १६ गते नेपालगञ्जको वीरेन्द्र चोकमा प्रहरीलाई झुक्याएर स्वर्गीय वीरेन्द्र विरविक्रम शाहदेवको शालिक राखेपछि प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा प्रहरीले चलाएको लाठीचार्जबाट चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का २९ वर्षीय चन्द्र हमालको टाउकोमा चोट लागेको छ ।…

संसदमा प्रस्तावित यातना विधेयक सच्याउन माग

जवाफदेहिता निगरानी समिति र लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थाले भदौ १६ गते काठमाडौँमा आयोजना गरेको 'प्रस्तावित यातना विधेयकमाथि सरोकारवालाहरुको चासो' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले हाल संसद्मा प्रस्तावित विधेयकका महत्वपूर्ण बुँदाहरू सच्याउन माग गरेका छन् । कार्यक्रममा मन्तव्य राख्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले द्वन्द्वकालमा झै…

न्याय पाइन्छ भन्ने कुरामा ढुक्क छैनन् बेपत्ता व्यक्तिका परिवार

आफ्ना आफन्त गुमाएर अहिलेसम्म आफन्त आउँछन की भन्ने पर्खाइमा बसेका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले न्याय पाइने कुरामा ढुक्क हुन नसकेको बताएका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देहीमा राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय, बुटवल, इन्सेक, न्यायका लागि द्वन्द्वपीडित समाज, नमूना एकिकृत विकास परिषद्, एड्भोकेसी…

प्रहरीले यातना दिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

चौरजहारी नपा-२ का ३२ वर्षीय महेशकुमार आर्चायलाई प्रहरीले सामान्य विवादमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडितका बुवा ५२ वर्षीय शरण आर्चायले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा भदौ १६ गते उजुरी दिएका छन् । भाइभाइ बीचमा अंशसम्बन्धी छलफल हुँदा विवाद भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरीले महेशलाई भदौ ६…

बलात्कार गरेको ठहरमा १० वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले बागमारे गाविस-६ घरभई तुलसीपुर नपा-५ बस्ने ६४ वर्षीय कर्ण कामीलाई १० वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले भदौ १५ गते कर्णलाई दोषी ठहरगर्दै जेल सजाय गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई असार १५…

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा दायर

एक १७ वर्षीया बालिकालाई बालविवाह गर्ने र उक्त कार्य गराउन संलग्न भएको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रोल्पाले भदौ १५ गते जिल्ला अदालत रोल्पामा मुद्दा दायर गरेको छ । पीडित बालिकाको विवाह गैरीगाउँ गाविस-८ का २४ वर्षीय रमेश परियारसँग गराएको आरोपमा करेटी गाविस-३ का २१ वर्षीय लक्ष्मण विक, गैरीगाउँ…

कैदीद्वारा जेलभित्रै आत्महत्या

जिल्ला कारागार इलाममा कैद सजाय भुक्तान गरिरहेका इलाम नपा-४ का ३५ वर्षीय राजकुमार खाती भदौ १६ गते बिहान कारगारमै झुण्डिई मृत अवस्थामा फेला परेका छन् । प्रहरीले खातीले झुण्डिएर आत्महत्या गरेको जनाएको छ । चोरी मुद्दामा जेल सजाय भुक्तान गर्दै आएका खातीलाई बिहान शौचालयको भेन्टिलेशनमा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत…