दलितले टिका लगाइदिएको आरोपमा बेहुलीको टिका पखालियो
गेलु गाविस-७ मा दलित समुदायका निम्तालुले बेहुलीलाई टिका लगाइदिएको आरोपमा स्थानीय गैरदलित समुदायको एक समूहले टिका पखालेर पुनः टिका लगाइदिएका छन् । यो विषयलाई लिएर दलित समुदायले आफूहरू माथि जातीय विभेद भएको भन्दै विरोध जनाएका छन् । स्थानीय सिताराम लोहारका अनुसार गेलु-७ को पेटासीका दुर्गाबहादुर पुलामीकी छोरी हिरा पुलामी मगरको…
आर्थिक अभावमा पाँच सयभन्दा बढी पूर्व कमलरी विद्यालय छाड्न बाध्य
आर्थिक अभाव भएपछि दाङलगायत पश्चिम नेपालका ५ सय ६ जना पूर्व कमलरीले विद्यालय जान छाडेका छन् । सरकारी छात्रवृत्तिले शैक्षिक सामग्रीसमेत किन्न अपुग भएको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पूर्व कमलरी विद्यालय छाड्न बाध्य भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् । चौधरीका अनुसार आर्थिक…
चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरुद्ध उजुरी
नारायण नपा-६ गणेशचोक नमूनाबस्तीकी ३३ वर्षीया जानकी वादीलाई दसैँमा माइतीघर गएको आरोपमा ३५ वर्षीय पति पदमबहादुर वादीले चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा असोज २७ गते प्रहरीमा उजुरी परेको छ । पीडित महिलालाई घर नजिकै नमूनाबस्तीमै बस्दै आएकी आमासँग दसैंको टीका लगाउन गएको आरोपमा असोज २७ गते दिउँसो चक्कु प्रहार…
एक दशकदेखि पुर्पक्षका लागि थुनामा
सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरीको सुन्दरपुर-९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षका लागि थुनामा नै जीवन बिताइरहेका छन् । गाउँकै विशेश्वर मण्डलको हत्या गरेको आरोपमा एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादवविरुद्धको मुद्दा फैसला…
कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पति गिरफ्तार
थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज २६ गते गिरफ्तार गरेको छ । असोज २५ गते राति १२ बजे सुतिरहेकी सोनाकुमारीलाई आरोपितले मदिरा सेवन गरेर कुटपिट गरेको आरोपमा उजुरी आएपछि अनुसन्धानका लागि प्रहरी चौकी थबाङले असोज २६…
दाउरा प्रहार गरी हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २५ गते राति ९ बजे दाउराले प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि धनालाई गिरफ्तार गरिएको…
इन्सेकद्वारा दलित समुदायको मानव अधिकार अवस्थाबारे अनुगमन
दसैँको समयमा विभिन्न क्षेत्रमा लाग्ने मेलामा दलित समुदायमाथि हुँदै आएको विभेदका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समक्ष अनुगमन गर्न दलित समुदायले गरेको आग्रह अनुसार इन्सेकले अनुगमन गरेको छ । निङ्गालाशैनि भगवती, मेलौली भगवती, उदयदेव भगवती र डिलाशैनि भगवतीको मन्दिरमा दलित समुदायले विगतदेखि विभेद खेप्दै आएको बारेमा इन्सेकले असोज २३,…
बली चढाउने विषयमा गैरदलित समुदायले हस्तक्षेप गरेको दलित समुदायको आरोप
सिंहासैन गाविस–९ खड्केगडाका ६५ वर्षीय कर्णबहादुर विक, ५५ वर्षीय आसे विक, २८ वर्षीय रामसिंह विक, ३० वर्षीय काशी विक र २३ वर्षीय उदयराम विकलाई खोदाई देउताको मन्दिरमा बलि चढाउन लागेको आरोपमा गैरदलित समुदायके एक समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ । हरेक वर्ष महानवमीका दिन दलित समुदायले मात्र पूजा…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मेलौली गाविस–१ की ३२ वर्षीया कमला नायकको हत्या गरेको आरोपमा ३५ वर्षीय पति विजय नायकलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिला असोज २१ गते झुण्डिएको अवस्थामा फेला परेपछि आत्माहत्या गरेको भनी प्रहरीलाई खबर गरेपनि कमलाका माइती पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…
सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
दार्चुलामा यसवर्षपहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका छन् । स्थानीय विकास अधिकारी सहदेव रायमाझी रकम निकासा नगरी जिल्ला छोडेपछि सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका हुन् । मन्त्रालयले दसैँमा समेत जिल्ला नछोड्न गरेको निर्देशनको अवज्ञा गर्दै स्थानीय विकास अधिकारी रायमाझी असोज १३…