ग्रामीण क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित
ग्रामीण क्षेत्रका बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित भएका छन् । स्थानीय प्रशासनले नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् । वेलौरी, सिसैयालगायत…
महोत्तरीको भरतपुरमा प्रहरीको सामुन्ने बालविवाह
भरतपुरमा प्रहरीको सामुन्ने दाइजोसहित बालविवाह गराइएको छ । असोज २७ गते कान्तिबजार स्थित शिव मन्दिरमा प्रहरी चौकी कान्तिबजारका असई लक्ष्मी राउतको आँखै अगाडि एक जोडी बालबालिकाको विवाह गराइएको हो । प्रहरी चौकी कान्तिबजार भन्दा ५ सय मिटरको दुरीमा रहेको शिव मन्दिरमा भरतपुर-६ डुबरबन्हाका १६ वर्षीया बालिका र भरतपुर-९ पडोरियाका १६…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । घटना भएको लामो समयसम्म पनि बिरामी भएकी पीडित बालिकाले उपचारका क्रममा बलात्कार भएको कुरा बताएपछि पीडितका अभिभावकले स्थानीय एक संस्थामा…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
बलात्कार घटनाका फरार आरोपित सोरहवा गाविस-२ का ३४ वर्षीय मानबहादुर बुढा मगरलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरको विशेष टोलीले बुढामगरलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए । सोरहवा गाविस-९ स्थित मानखोलाको जङ्गलमा ०६५ वैशाख १६ गते एक…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
एक ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा असोज ३० गते नवमीडाँडा गाविस-५ का ५३ वर्षीय गणेश लिम्बूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित महिला बिरामी भएको बेला झारफुक गर्ने बहानामा असोज २६ गते आरोपितले बलात्कार गरेको पीडितले आरोप लगाइन् । पीडित महिलाको उजुरीका आधारमा असोज २८ गते…
चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार
सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पति गिरफ्तार
बोहरीगाउँ गाविस-१ का ४२ वर्षीया सीतादेवी जोशीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले उनका ५५ वर्षीय पति गोपाल जोशीलई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज २७ गते आरोपितले मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा महिला सञ्जालले प्रहरीमा उजुरी गरेपछि आरोपित गोपाललाई गिरफ्तार गरिएको डिएसपी केदार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर उमनपा-१३ का २० वर्षीय सुमन विकलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर…
सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य
नेपालीहरूको महान पर्व दसैँमा सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । डाडाँफया गाविस-८ का ४९ वर्षीय ध्वजबहादुर सिंहले सहुलियतको चामल नआएपछि २५ किलोको चामललाई ४ हजार ५ सय रुपियाँमा किन्नु परेको गुनासो गरे । सिंहका अनुसार सहुलियतको २५ किलो चामललाई १ हजार ३ सय ८०…
आठ दिनकी सुत्केरी मृत अवस्थामा फेला
आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकी थलाकडा गाविस-८ की २० वर्षीय पार्वती धामी असोज २७ गते मृत फेला परेकी छन् । पीडित महिला असोज १६ गते घरैबाट बेपत्ता भएकोमा ११ दिनपछि घर नजिकैको झाडीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी बालनरसिंह राणाले बताए । उनी बेपत्ता भए…