आन्दोलनको तेस्रो दिन पनि बुटवलको जनजीवन प्रभावित, आन्दोलन अनिश्चित
राज्यको पुनःसंरचना संशोधन प्रस्ताव ल्याएको विरोधमा तेस्रो दिन पनि रुपन्देहीको बुटवल क्षेत्रमा गरिएको प्रदर्शनका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । प्रदर्शनकारीहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू, अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहा र नेपालगञ्ज रोडमा टायर बालेर प्रदर्शन गरेका थिए । अनेरास्ववियु, नेविसङ्घ, अखण्ड प्रदेश नं…
अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आयोगको आग्रह
अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न राष्ट्रिय मानव अधिकार अयोगले मङ्सिर १७ गते प्रेस विज्ञप्ति जारी गरी आग्रह गरेको छ । त्रिविवि शिक्षण अस्पतालमा लामोसमदेखि आमरण अनसनरत डा. गोविन्द केसीको मागहरूप्रति ऐक्यवद्धता जनाउँदै सरकारी चिकित्सक सङ्घ नेपाल र चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान नेपाललगायतले मुलुकभर गरेको नियमिति स्वास्थ्य सेवा बन्दप्रति आयोगको गम्भीर…
बलात्कारको कसुरमा ६ वर्षकैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर १७ गते सार्कीलाई ६ वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । पीडित बालिकालाई गत असोज…
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी
त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६ गते कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरीमा उजुरी दिएको छ । कथित बोक्सी लगाएपछि छोरा मिनबहादुर कुलाल बिरामी भएको आरोपमा आरोपितद्वयले 'बोक्सी' भन्दै…
बुढीगण्डकी प्रभावित र प्रहरीबिच झडप, चार जना घाइते
मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका बुढीगण्डकी प्रभावित र प्रहरीबिच घ्याल्चोक-९ सिउरिनटारमा झडप भएको छ । आयोजनाको घ्याल्चोक स्थित कार्यालयमा ताल्चा लगाउन पुगेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा परि अन्दाजी ३४ वर्षीय प्रहरी हवल्दार धनसिं गुरुङ घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ तान्द्राङ-१ का ५४ वर्षीय वलराम पाण्डे,…
सिमाङ्कन परिवर्तन गर्ने गरी संसदमा दर्ता प्रस्तावको सडक र सदनमा विरोध
संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १७ गते तेस्रो दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ । अनेरास्ववियु, अखण्ड प्रदेश नं ५ दबाव अभियान रूपन्देही लगायत सर्वसाधारणले आह्वान गरेको आन्दोलनका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको बुटवल…
सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठकमा सहभागीहरूले देशको राजनीतिक अस्थिरताका कारणले गर्दा सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए । नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष शेरबहादुर केसीले संविधान संशोधन प्रस्ताव पश्चात…
पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार
धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मदिरा सेवन गरी घर आएका आरोपितले मङ्सिर १५ गते कुटपिट गरी हत्या गरेको छिमेकीहरूले सूचना दिएपछि अनुसन्धानका लागि आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको डिएसपी श्यामबहादुर खत्रीले…
जातीय विभेद गरेको घटनामा मिलापत्र
त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेपनि मङ्सिर १७ गते दुवै पक्षबिच मिलापत्र गराएको छ । घटनाका सम्बन्धमा प्रहरी चौकी त्रिपुराकोटमा भएको छलफलमा आरोपितले पीडित समक्ष गल्ती स्वीकार…
आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला
२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई १५ दिन कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर १६ गते यादवलाई १५ दिन कैद तथा ५ हजार रुपियाँ जरिबाना तथा पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति…