सासूको हत्या गरेको आरोपमा उजुरी दर्ता

नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक १ गते घाँटी कसेर हत्या गरी छोरासहित फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आरोपित छोरासहित घर ज्वाँईका…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

काभ्रे-७ स्थायी घर भई हाल घोराही नपा-११ मा बस्दै आएका ३८ वर्षीय यमलाल जिसी र त्रिपुर नपा-२ झारवैराकी २५ वर्षीया अस्मिता वलीलाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ । काभ्रे-७ की बालिका जिसीले बहुविवाहको आरोपमा आरोपितद्वय विरुद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

सागाचोक गाविस–८ का ३० वर्षीय हिरा गिरी र सोही ठाउँकी २१ वर्षीया समिता गिरीलाई बहुविवाह गरेको आरोपमा कात्तिक ३ गते प्रहरीले गिरफ्तार गरेको छ । सागाचोक गाविस–८ की २८ वर्षीया गोपिनी गिरीले आरोपितहरूले ०७३ जेठ महिनामा बहुविवाह गरेको आरोपमा असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितहरू…

बलात्कार गरेको ठहरमा आठ वर्ष कैदको फैसला

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै पूर्पक्षका लागि थुनामा रहेका सिरहा नपा–१ का २७ वर्षीय जितेन्द्र दासलाई जिल्ला अदालतले कात्तिक २ गते आठ वर्ष कैद र ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए…

दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र उनकी आमा ५० वर्षीया सुकुमारीदेवी साहले कात्तिक २ गते बाँधेर कुटपिट गरी दुर्व्यवहार गरेका छन् । शम्भुनाथ नपा-१ स्थित निमावि खोक्सर प्रवाहामा कक्षा ३ मा अध्ययनरत पीडितले कुरमुरे किन्न गएका…

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले भने घटनाको अनुसन्धान भइरहेको, शङ्कास्पद व्यक्तिसमेत गिरफ्तार गरिएको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्ने बताए । मृतकका…

सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो

दसैँ अगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा राजविराज नगरपालिकाका १ हजार ७ सय २२ जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिका चाडबाड मनाउनबाट विमुख बनेका छन् । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि ०७२ अनुरुप नगरपालिकाको खातामा भत्ताको अख्तियारिसहित १ करोड १० लाख ९७ हजार…

सार्वजनिक यातायात बन्द भएका कारण हजारौँ यात्रु अलपत्र

यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण तीन दिनदेखि सार्वजनिक यातायात बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन् । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समिति र शुक्लाफाँटा यातायात…

बलात्कार घटनाका फरार आरोपित ३२ वर्षपछि गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटद्वारा दोषी ठहर गरिएका भेरीमालिका नपा-६ का ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले गिरफ्तार गरी कैद भुक्तानीका लागि कात्तिक २ गते कारागार चलान गरेको छ । जिल्ला अदालत जाजरकोटले दोषी ठहर गर्दै तीन वर्षको कैद सजायको फैसला सुनाएको ३२ वर्षपछि असोज ३० गते…

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक समितिमा

व्यवस्थापिका संसद्को कात्तिक २ गते बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ थप छलफलका निम्ति संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा पुगेको छ । प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्यण मन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई निर्णयार्थ संसदमा पेश गरेका थिए…