द्वन्द्वकालीन घटनाका मुद्दा अन्तर्राष्ट्रिय मान्यताका आधारमा टुङगो लगाउँछौं: महान्यायाधिवक्ता
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरूलाइ अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा कानुन बनाएर टुङगो लगाउने महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पीडितहरूलाई न्याय दिलाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन…
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दर्ता गरिएको छ । पीडित बालिकालाई भदौ १६ गते आरोपितले बलात्कार गरेको आरोपमा भदौ १८ गते इलाका प्रहरी कार्यालय होलेरीमा पीडित पक्षले उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई भदौ…
'रहस्यमय मृत्यु' भएको घटनाको अध्ययन गर्न संसदको कार्यदल धादिङमा
काभ्रे जिल्ला पाँचखाल नपा-६ होक्सेका १७ वर्षीय अजित मिजार ढकालको 'रहस्यमय मृत्यु' भएको घटनाको सम्बन्धमा छानबिन गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित अध्ययन कार्यदलले भदौ २३ गते धादिङमा नागरिक समाज र जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । कार्यदलका संयोजक कमला दोङको नेतृत्वमा धादिङ आएका सांसदहरू खड्गबहादुर बस्याल,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुवाघाट गङ्गामाला नपा-१० का १८ वर्षीय सुनिल मल्ललाई भदौ २० गते गिरफ्तार गरेको छ । बलात्कारका कारण रहेको गर्भपतनमा सहयोग गरेको आरोपमा आरोपित मल्लका ४६ वर्षीय बावु दानबहादुर मल्ललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सुनिलले गत वैशाख १६ गते…
'तलाक' दिँदै घर निकालामा परेकी पीडितद्वारा प्रहरीमा उजुरी
बैरगिया लक्ष्मीनिया-१ की ३० वर्षीया रहमतुन निसालाई ३५ वर्षीय पति शेष जमसेदले मुस्लिम परम्परा अनुसार 'तलाक' दिँदै घरबाट निकाला गरेपछि पीडितले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । भदौ ९ गते गाउँका केही महिला र पुरुष घरमै बोलाएर पतिले उनीहरूको सामुन्ने…
बलात्कार घटनाबाट पीडित महिलालाई पशुपालन समूहबाट निस्काशन
३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३ गते निस्काशन गरिएको पीडितले आरोप लगाएकी छन् । पीडित महिलालाई बसेरी गाविस-८ का ३८ वर्षीय बद्री अधिकारीले भदौ १४ गते बलात्कार गरी कुटपिट गरेको भन्दै पीडितले भदौ १८ गते जिल्ला…
शैक्षिक सत्र सुरु भएको आधा समय बित्दा पनि पाठ्यपुस्तक अभाव
शैक्षिक वर्षशुरु भएको पाँच महिना बितिसक्दा सम्म पनि बाजुराका विद्यार्थीहरूले पाठ्यपुस्तक पाएका छैनन् । बाजुरामा पाठ्यपुस्तकको समस्या वर्षेनी हुँदै आएको छ । तर, यो वर्ष बाजुराका विद्यालयले जिल्ला शिक्षा कार्यलयमा पाठ्यपुस्तक पाइसकेको वील बुझाएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । विद्यार्थीहरूले भने पाठ्यपुस्तक नपुगेको प्रतिक्रिया दिएका छन् । केाल्टी स्थित…
निर्वाचन मिति घोषणा ढिलाइबारे कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले भदौ २३ गते अग्राधिकारसहित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुको कारण १५ दिनभित्र लिखित रूपमा पेस गर्न भनिएको छ…
शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकताः प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसदलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपल्ट संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । त्यसका साथै उनले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, सुशासन र सामाजिक न्याय…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय भोजराज दवाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भदौ २२ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई भदौ २१ गते यौन दुर्व्यवहार गरोको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २३ गते दवाडीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए…