बलात्कार घटनाका आरोपित गिरफ्तार
साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सौराह फर्सिटिकर-५ केवलपुरका २६ वर्षीय युवराज पाण्डे (सन्तोष)लाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकका अभिभावकले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते भिम…
दाइजो नल्याएको आरोपमा महिलाको हत्या गरेको आरोप
लुम्बिनी नपा-४ पडरियाकी २८ वर्षीया नाजमा खातुनलाई दाइजो नल्याएको आरोपमा भदौ २२ गते परिवारजनले उनको हत्या गरेको खातुनका माइतीपक्षले आरोप लगाएको छ । पीडित महिलाका २९ वर्षीय पति एहसानुल्लाह मुसलमान र उनका परिवारले दाइजोमा चार पाङग्रे सवारी साधन मागेको र सो दिन नसकेको भन्दै पटकपटक कुटपिट गरी यातना दिने गरेको…
गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश
छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका एक जना अधिकृतले अव गङ्गामायासँग भेटेर घटनाबारे बकपत्र लिनेछन् । गोरखा जिल्ला फुजेल…
मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला
३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५०…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बेनी नपा-९ का ३२ वर्षीय किसान परियारविरुद्ध भदौ २६ गते प्रहरीमा पीडितले उजुरी दिएकी छन् । भदौ १९ गते आरोपितले आफूलाई बलात्कार प्रयास गरेको भन्दै न्यायका लागि पीडित महिलाले भदौ २२ गते इन्सेक म्याग्दीको सहयोग मागेकी थिइन् । इन्सेक म्याग्दीको सहयोगमा भदौ…
बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार
१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र १७ एक बालकलाई गिरफ्तार गरी भदौ २६ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितहरूले भदौ २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २४ गते इलाका…
द्वन्द्वकालीन घटनाका मुद्दामा आममाफी हुँदैनः महान्यायाधिवक्ता
सरकारका महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाका मुद्दाहरूमा कुनै पनि हालतमा आममाफी नहुने बताए । भदौ २५ गते गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कानुनले गम्भीर अपराध भनेर परिभाषा गरेका जुनसुकै प्रकारका घटनाहरूमा मुद्दा चल्ने बताएका हुन् । वर्तमान अवस्थामा तत्कालीन द्वन्द्वरत पक्ष र सरकारपक्ष अहिले सरकारमा भएको कारण धेरैलाई…
आशय करणी गरेको ठहरमा तीन महिना कैदको फैसला
आठ वर्षीय एक बालिकालाई आशय करणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका महमाइ गाविस-८ का ५१ वर्षीय तेजप्रसाद लकान्द्रीलाई जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ २६ गते पीडित बालिकालाई करणी गर्ने मनसाय राखेको भन्दै मुलुकी ऐनको आशय…
रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको पद रिक्त, स्वास्थ्य सेवा प्रभावित
रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाशप्रसाद साहका अनुसार अहिले रामेछाप जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा १ सय…
स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव
बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । गतसालको नाकाबन्दीदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहँदै आएको छ । सरकारले स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारका औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिएको भएपनि स्वास्थ्य संस्थाहरूमा…