बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा तरही गाविस-८ का १८ वर्षीय चनरदेव सदालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत साउन १२ गते सदा र १९ वर्षीय ओमप्रकाश सदाले बलात्कार पछि कालो सलले बाँधी साउन १२ गते हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय…

बहुविवाह घटनाबाट पीडित महिला न्याय खोज्दै सदरमुकाममा

कुडारी गाविस-६ राउतवाडाकी ३२ वर्षीया कमला योगी पतिले दोस्रो विवाह गरेको भन्दै न्यायको खोजीमा भदौ २९ गते सदरमुकाम आएकी छन् । उनका ३५ वर्षीय पति लालुनाथ योगीले भदौ २ गते चन्दननाथ नपा-७ की २० वर्षीया आशा महतसँग बहुविवाह गरेको पीडितले आरोप लगाएकी छन् । पतिले दोस्रो विवाह गरेपछि कान्छी पत्नीसहित…

विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै पत्रकारलाई कुटपिट

वेङ्गाडावर गाविस-२ घर भई मिथिला नपा-७ बस्ने २७ वर्षीय पत्रकार राजकमल भनिने रामकमल सिंहलाई विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै गोठकोयलपुर-२ निवासी धनुषा क्षेत्र नम्बर १ का काङ्ग्रेस सभापति २५ वर्षीय नविन गोहिवारको नेतृत्वमा आएको एक समूहले भदौ २९ गते बिहान भानुचोकमा कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।…

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल दिवसको सन्दर्भ पारेर भदौ २९ गते जिल्लामा आयोजित एक कार्यक्रमकाबिच सम्मान गरेको छ । सम्मान पत्र दिँदै जिल्ला स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सफलता भण्डारीले विगतदेखि नै बालअधिकारको संरक्षणमा देखाउनु…

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन् गाविस-६ जाँजर टोलकी २७ वर्षीया हौवा भनिने फतमा खातुनको हत्या गरी फरार रहेकी निजकी सासु ५८ वर्षीया मदिना भनिने सबिरन खातुनलाई प्रहरीले तीन वर्षछि भदौ २८ गते गिरफ्तार गरेको छ । तत्कालीन जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले सबिरन र उनका ६० वर्षीय पति गफुर मियाँलाई जनही तीन वर्षकैद,…

इन्सेकद्वारा बाढीपीडितहरूको समस्याबारे प्रशासनसमक्ष ध्यानाकर्षण

जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूले भोग्दै आएका समस्या समाधान गर्न इन्सेक सुर्खेतले भदौ २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूसँगको भेटघाटपछि इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको ध्यानाकर्षण गराएका हुन् । अस्थायी शिविरमा बसेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई चक्कु प्रहार गरेर बलात्कार प्रयास गरेको आरोपमा दाङ जिल्ला सतवरिया गाविस–९ का १८ वर्षीय अर्जुन वलीलाई प्रहरीले भदौ २८ गते दाङबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २६ गते आरोपितले बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा चक्कु प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।…

कारागारका बालबालिकालाई पोषिलो खाना

राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर को समन्वय तथा सेतो गुराँस र जिल्ला बालकल्याण समिति मोरङको सहकार्यमा आश्रित बालबालिका तथा एक जना गर्भवती महिलाका लागि पोषिलो पिठो, कपडा, ग्लास,…

बलात्कार घटनाको उजुरी दर्ता

१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने ती बालिकालाई कसले बलात्कार गरेको हो सो कुरा थाहा नभएको  पीडित बालिकाकी आमाले बताएकी छन् । ‘बाटोमै घर छ । दिउँसो…

बकपत्रका लागि गङ्गामायाले अनसन तोडिन्

द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन् । मृतक छोरा कृष्णप्रसादको हत्याका विषयमा चितवन जिल्ला अदालतले गङ्गामायाको साक्षी बकपत्र गराउने आदेश दिएपछि कानुनव्यवसायी र मानव अधिकारकर्मीको राय सल्लाहामा भदौ २७ गते साँझ उनले अनसन तोडेकी हुन् ।…