छोरीको हत्या गरेको आरोपमा अस्पतालमा आमामाथि निगरानी

धनगढीमाइ नपा–१२ विष्णुपुरकट्टीकी एक वर्षीया छोरीलाई ३० वर्षीया आमा हिरा खडकाले भदौ ३० गते घर नजिकैको इनारमा फालेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले आरोप लगाएको छ । प्रहरीका अनुसार हिराले आफ्नो घर छेउकै सार्वजनिक इनारमा छोरीलाई फाली आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको र आमा भने बाँचेकी…

मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा

पुनरावेदन अदालत जुम्लामा विगत तीन महिनादेखि मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश नहुँदा बेञ्च बस्न नसकेको र मुद्दा फैसला गर्नका लागि दुई जना न्यायाधीश आवश्यक पर्ने भएकाले एकजना न्यायाधीशको अनुपस्थितले इजलास नचलेपछि सेवाग्राही मर्कामा परेका हुन । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायधीश टङ्कबहादुर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा इलाम माइपोखरी–३ का २२ वर्षीय सुमन राईलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २३ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको इन्स्पेक्टर रुद्र चूडालले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कञ्चनरुप नपा–७ रुपनगरका २४ वर्षीय हेमराज यादवलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा आरोपितविरुद्ध भदौ २९ गते उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतले जानकारी दिए । पीडित महिलालाई…

अनुदान रकम लिन भूकम्प पीडितलाई सकस (फोटो फिचर)

भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको छ । सरकारले सदरमुकाम केन्द्रित बैङ्कमार्फत अनुदान दिँदा भूकम्प पीडितहरू सकसमा परेका हुन् । सरकारले अनुदान रकम गाउँमै नदिँदा झञ्झट व्यहोर्नु परेको सदरमुकामका बैङ्कहरूमा अनुदान रकम लिन भदौ ३० गते…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव

बाजुराका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव भएको छ । पहिलो चौमासिकमा अउनु पर्ने औषधिसमेत नआउँदा समस्या भएको हो । स्वास्थ्य चौकीबाट पाइने निशुल्क औषधिको लागि बिरमीहरूलाई मेडिकलमा पठाउनु पर्ने भएको कोटीला स्वास्थ्य चौकीका इञ्चार्ज जसीराम शाहानीले बताए । उनले स्वास्थ्य चौकीमा समान्य जीङ्क चक्की, जीवनजल, सलाईन, स्टेचरलगायतका औषधि नभएको बताए…

कपाल नकाटेको आरोपमा विद्यार्थीलाई कुटपिट गरेको आरोप

पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन् । शिक्षक मिनराज ढुङ्गाना, बासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको…

खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे ज्ञापन पत्र बुझाएका छन् । कर्णालीका नागरिकहरूकोतर्फबाट कर्णाली कृषि तथा खाद्य सरोकार समूह, सञ्चारकर्मी, अधिकारकर्मी र नागरिक समाजको टोलीले जिल्ला…

आँबुखैरेनीबाट ६ जना बाल श्रमिकको उद्धार

राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको छ । जिल्ला बालकल्याण समितिकी सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख रमा अधिकारीको नेतृत्वमा समितिका कर्मचारी, आँबुखैरेनी नगरपालिका, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँ उद्योग बाणिज्य सङ्घ आँबुखैरेनी इकाईलगायतको…

यौन दुर्व्यवहार गरेको कसुरमा १० दिन कैदको फैसला

२१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भुतही गाविस-२ का ५४ वर्षीय खुशीलाल यादव, ४२ वर्षीय डम्बर यादव, २८ वर्षीय पवन पण्डित कुम्हार र पातो गाविस-९ का ६९ वर्षीय  बिन्देश्वर शर्मालाई जिल्ला अदालतले भदौ २९ गते जनही १० दिनको कैद सजाय र ५ सय रुपियाँ जरिबानाको फैसला गरेको छ ।…