संयुक्त राष्ट्रसङ्घीय समितिमा प्रतिवेदन समयमै पेश गरः आयोग

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिहरूमा नेपाल सरकारले आवधिक रूपमा पेश गर्नुपर्ने प्रतिवेदनहरू समयमा नै पेश हुन नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले त्यसतर्फआफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगद्वारा कात्तिक १८ गते जारी विज्ञप्तिमा भनिएको छ-'संयुक्त राष्ट्रसङ्घीय यातनाविरुद्धको समितिमा प्रत्येक चार/चार वर्षमा पेश गर्नुपर्ने प्रतिवेदनको तेश्रो, चौथो र पाँचौ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…

प्रत्येक साढे चार दिनमा एकजना पत्रकारको हत्याः युनेस्को

संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा नोभेम्बर २ मा सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा विश्वमा हरेक साढे चार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । गएको दशकमा विश्वभर ८ सय २७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको…

पत्रकार आचारसंहिताको प्राथमिकतामा महिला, बालबालिका र ज्येष्ठ नागरिक

पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ । पत्रकार आचारसंहिता–२०६० (संशोधन तथा परिमार्जित–२०६४)ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता–२०७३ ले प्राथमिकता दिएको हो । नयाँ आचारसंहिताअन्तर्गत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने मध्ये बुँदा नं–१४ मा ‘मर्यादा र आत्मसम्मानमा प्रतिकूल…

पैदल हिँडेका र समाचार सङ्कलन गर्न विमानस्थल पुगेका पत्रकार गिरफ्तार

माइतीघरमा पैदल हिँडेका पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बास्तोला र त्रिभूवन विमानस्थलमा समाचार सङ्कलनका लागि पुगेका खबर डबली डटकमका सहसम्पादक लोकराज जैशीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत प्रहरी कार्यालय पुगेर पत्रकार बाँस्तोलालाई रिहा गर्न पहल गरेपछि प्रहरीले बस्नेतको जिम्मा…

कारागारमा भाइटीका, क्षमता भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा कठिनाइ

आज देशैभर भाइटीका लगाइएको छ । दैलेखका कारागारमा पनि कैदीबन्दी महिला र पुरुषहरूलाई उनीहरूका दाजुभाइ दिदीबहिनीहरूले टीका लगाइदिएका छन् । धर्म संस्कृति र परम्परा अनुसारका पर्वहरू मनाउँदा थुनुवाहरूमा रचनात्मक काम गर्ने उत्प्रेरणा पैदा गर्ने भएकोले दसैँ तिहारलगायतका पर्वहरूमा घरपरिवारका सदस्य र आफन्तहरूलाई कारागारमा नै टीका लगाउने प्रबन्ध मिलाइएको कारागार प्रमुख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का २२ वर्षीय कुमार राणालाई कात्तिक १६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते नै बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय गौशालामा मौखिक उजुरी दिएपछि प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका…

कुटपिट गरेको आरोपमा देवर गिरफ्तार

डाँडापराजुल गाविस-५ सिमटोलकी २८ वर्षीया पूजा भण्डारीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका ३५ वर्षीय देवर भीमबहादुर भण्डारीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई दुई महिनादेखि भएको अंशसम्बन्धी विवादलाई लिएर कात्तिक १४ गते दाउराले टाउकोमा प्रहार गरेको आरोप छ । 'कात्तिक १४ गते बिहान खाना…

बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण

बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा गरिएको सर्भेक्षण अनुसार उनीहरूमा कडा शीघ्र कुपोषण देखिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदिप पराजुलीले जानकारी दिए । पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये…

दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा

बराई स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वस्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा परेको स्थानीयबासिले गुनासो गरेका छन् । २५ वर्षअघि स्थापित उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको बराई गाविसका स्थानीय रामराज शाहीले बताए । स्वास्थ्य चौकीमा हाल एक जना कार्यलय सहयोगी मानबहादुर रोकाया रहेको रामराज शाहीले बताए । जनस्वास्थ्य…