दैलेखकी बिसुङ्केलाई भजन मानव अधिकार पुरस्कार

यस वर्ष भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी सामाजिक अभियन्ता पार्वती बिसुङ्केलाई प्रदान गरिने भएको छ । मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील व्यक्तिको नाम सिफारिस गर्न गठित समितिले बिसुङ्केलाई भजन मानव अधिकार पुरस्कार दिने मङ्सिर २२ गते निर्णय गरेको भजन मानव अधिकार पुरस्कार…

सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

मुक्त कमलरी विकास मञ्चले सरकारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्दै आफ्ना माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालय घोराहीमा मङ्सिर २३ गते पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले साँढे ३ वर्षबितिसक्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारलाई मुक्त कमलरीको मागप्रति गम्भीर हुन…

संविधान संशोधन प्रस्ताव विरुद्ध मुगुमा पनि प्रदर्शन

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ । मङ्सिर १४ गते संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन र पाँच नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्तावका विरुद्ध नेकपा एमाले मुगुले सत्तापक्षका दलले गरेको यो निर्णय राष्ट्रघाती तथा राष्ट्र विरुद्ध भएकाले प्रस्ताव फिर्ता लिन प्रदर्शन…

१३ वर्षीया बालिकाको हत्या, बलात्कार पछि हत्या भएको आशङ्का

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे पत्ता लागेको छैन । पीडित बालिका २१ गते सबेरै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकोमा बिहान नौ बजे स्थानीयले उनको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।…

तराई मुक्ति मोर्चाद्वारा कुकर बम विष्फोट

सिरहामा मङ्सिर २३ गते बिहान कुकर बम विष्फोट भएको छ । मिर्चैया नपा-५ स्थित शिला पेट्रोल पम्प अगाडि बिहान कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय तथा भौतिक क्षति नपुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिपक भारतीले बताए । घटनास्थल नजिक जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहको पर्चा…

कैदीबन्दीलाई ढाका बुन्ने तान र न्यानो कपडा प्रदान

जिल्ला कारागार खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ । कारागारका महिला तथा पुरुष कैदीबन्दीले व्यवसायिक रूपमा प्रयोग गर्न पाउने गरी पाँच थान ढाका बुन्ने तान प्रदान गरिएको कारागार प्रशासनले जनाएको छ । सामाजिक कानुनी सहायता केन्द्र दिक्तेलले कारागार अनुगमनका लागि आएको बजेट सङ्ंकलन गरेर…

संविधान संशोधनको प्रस्तावको विरोध जारी, सरकारी कार्यालय घेराउ

सरकारले ५ नम्बर प्रदेश टुक्रायाउने गरी संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोधमा सयुक्त सङ्घर्ष समितिको आयोजनामा मङ्सिर २३ गते सरकारी कार्यालय घेराउ गरिएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आन्दोलन संयुक्त सङ्घर्ष समिति अर्घखाँचीको आह्वानमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, जिल्ला…

पत्नीको हात भाँचिने गरि कुटपिट गरेको आरोपमा पति गिरफ्तार

गुल्मी जिल्लाको पराल्मी गाविस घर भई सन्धिखर्क नपा-२ मा अस्थायी बसोवास गर्दै आएकी १८ वर्षीया इन्दिरा विकलाई हात भाँचिने गरि कुटपिट गरेको आरोपमा १९ वर्षीय पति रामु विकलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते साँझ कुटपिट गर्दा बाँया हात भाँचिएको पीडितले बताएकी…

कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर श्रवणकुमार यादवले बाँसको कप्टेराले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते प्रहरीमा उजुरी दिएको छ । पीडितका भाइ राजविराज नपा-९ का नरेशकुमार यादवले पीडितका तर्फबाट आरोपितहरूविरूद्ध जिल्ला…

मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्धःक्षेत्रीय प्रशासक

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्ध रहेको बताएका छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार पश्चिमाञ्चल महाभेला मुल समारोह समिति र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखराले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रशासक बरालले सो…