बालिका बलात्कार घटनाका आरोपित बालक गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई मङ्सिर १८ गते आरोपितले बलात्कार गरेको आरोपमा मङ्सिर २३ गते पीडितका बाबुले मौखिक उजुरी दिएपछि आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कडेलले जानकारी दिए । आरोपित बालकको…
तिवारीको स्वास्थ्य अवस्था जोखिमपूर्ण
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको स्वास्थ्यमा नकारात्मक र जोखिमपूर्ण परिवर्तन देखा पर्न थालेको चिकित्सकहरूले वताएका छन् । लामो अनसनका कारण गलेका तिवारीको छाती दुख्ने, जिउ र मांसपेशी बटारिने, रक्तचाप घटनेलगायतका समस्या दिनदिनै बढिरहेको जनाउँदै…
आन्दोलनकारीहरूद्वारा सरकारी कार्यालय घेराउ
सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोध गर्दै संयुक्त सङ्घर्ष समितिको आह्वानमा मङ्सिर २४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म अर्घाखाँची बन्द र ९ बजेदेखि १२ बजेसम्म सरकारी कार्यालय घेराउ गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा बिहान ८ बजेदेखि ११ बजेसम्म बजार, उद्योग पसल,…
अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग
आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्याउन मद्दत गरेको छ । [caption id="attachment_2466" align="alignleft" width="640"] U[/caption] गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर…
मानव अधिकारप्रति सरोकारवाला निकायद्वारा सामूहिक प्रतिबद्धता व्यक्त
मानव अधिकारको सम्मान र संरक्षणका लागि सरोकारवाला निकायद्वारा सामूहिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन् । मानव अधिकार रक्षक दिवस तथा ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २४ गते मानवअधिकार अवस्था र रक्षकका चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव अधिकार रक्षकको…
मानव अधिकार रक्षक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल
मानव अधिकार रक्षक दिवसको अवसर पारेर मानव अधिकार एलाइन्स र मानव अधिकार सञ्जालको संयुक्त अयोजनामा मङ्सिर २४ गते नेपालगञ्जमा मानव अधिकारकर्मी र सरकारी निकायका प्रमुखहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ । मैत्रीपूर्ण खेलमा मानव अधिकारकर्मीहरूले चार र सरकारी निकायको टोलीले एक गोल गरेका थिए । मानव अधिकारकर्मीका तर्फबाट इन्सेक…
आठौँ मानव अधिकार राष्ट्रिय महाभेला सुरू
६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर आठौँ मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौँमा सुरू भएको छ । 'सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार', "हाम्रो आवाज, हाम्रो सहभागिताः न्याय र विविधतामा आधारित हाम्रो समावेशिता" भन्ने मूल नाराका साथ मङ्सिर २४ गते महाभेलाको उद्घाटन गरिएको हो । महाभेलाको…
प्रहरी र अधिकारकर्मी एकअर्काका परिपूरक
मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय प्रहरीले आफ्नो हातमा रहेको पदीय अधिकारलाई दुरूपयोग गर्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बेला बेलामा हुने गरेको सरोकारवालाहरूले बताएका छन् । ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते विदुरमा जिल्ला विकास समिति नुवाकोटको आयोजना र इन्सेकको…
संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षकलाई आमन्त्रण गर्न नेपाल सरकारलाई ज्ञापनपत्र
संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विशेष समाधिक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिन आग्रह गर्दै पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूबाट नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की तथा कास्कीमा रहेका मानव अधिकारकर्मीहरूको एक टोलीले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज…
बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित
सङ्घीय गठबन्धन तथा थरुहट /थारुवान सङ्घर्ष समिति कैलालीले सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वमा झापा, मोरङ्, सुनसरी बिनाको अपूरो संविधान संशोधनको विरोधमा मङ्सिर १७ गते पत्रकार सम्मेलनमार्फत विभिन्न आन्दोलन खाकाहरू सार्वजनिक गर्दै मङ्सिर २४ गते कैलाली र कञ्चनपुरमा आमहडतालको घोषणा गरेको थियो । इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय…